CG Electronics
IME Life
NIMB

निसर्ग हस्पिटल र किसान सहकारीबीच सम्झौता : किसान सहकारीका शेयर सदस्यले उपचारमा छुट सुविधा पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

धनगढी । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले  शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल सँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुट उपलब्ध गराउने भएको हो ।

निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट दिने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निसर्ग हस्पिटल धनगढी स्थित निजी क्षेत्रबाट संचालित सुदुरपश्चिममै स्तरिय स्वास्थ्य सेवा दिइरहेको संस्था हो । २०५२ सालमा स्थापनामा भएको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारी सुदुरपश्चिमका नौ वटा जिल्ला र बर्दियाको राजापुर न.पा.मा सेवा केन्द्र रहेको र ९३ हजार भन्दा बढी शेयर सदस्य रहेको सहकारी हो । सामाजिक सेवा अन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमा छुटको सम्झौता गरेका हुन् ।

किसान सहकारीका विभागिय प्रमूख दिपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेडमा १२.५ प्रतिशत छुट बताए । त्यस्तै, जर्नरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् ।

सहकारीले आफ्ना बिरामी शेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए । आगामी दिनमा सदस्यलाई अन्य सेवाहरुमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरुसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ ।

हाल संस्थाले किसान–कोप वित्तिय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यवसायीक सेवाहरु सदस्यलाई दिदै आएको छ । संस्थाको कुल कारोबार ७ अर्ब २० करोडको रहेको छ ।

 

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...