सीजी मोटर्सको मेगा ईभी सेल्स एण्ड एक्सचेन्ज कार्निभल काठमाडौंमा सुरु
Thursday Jan 29, 2026
वि.सं.२०८२ माघ १५ बिहीवार २२:०४
काठमाडौँ । सीजी मोटर्सले नेपालमा पहिलोपटक ७ अन्तर्राष्ट्रिय विद्युतीय सवारी (ईभी) ब्रान्ड एकै स्थानमा प्रस्तुत गर्दै ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।
आजदेखि सुरु भएको उक्त कार्निभल माघ १८ गतेसम्म काठमाडौंको गैरीधारस्थित एलिस रिसेप्सनमा सञ्चालन हुनेछ। कम्पनीका अनुसार, यस कार्यक्रमको उद्देश्य ग्राहकलाई वर्षकै ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्नु हो।
कार्यक्रममा १० लाख रुपैयाँसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर, लक्की ड्र, टेस्ट ड्राइभमा उपहार, बालबालिकाका लागि गेम जोन र स्वादिष्ट फुड अनुभव जस्ता सुविधा उपलब्ध छन्।
कार्निभलमा सहभागीहरूले स्मार्ट, एक्सपेङ, ओवन, रिडारा, किङलङ, दायुन र नेटा ब्रान्डका ईभीको अवलोकन, एक्सचेन्ज र टेस्ट ड्राइभ गर्न सक्नेछन्। सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई विशेष प्राथमिकता दिएकाे छ, जसलाई ग्राहकले एक्सक्लुसिभ टेस्ट ड्राइभ गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकलाई ईभी स्वामित्व सहज र किफायती बनाउन नगद छुट, पुरानो सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, स्थलमै फाइनान्स सुविधा, एक वर्षको अटोप्लस बीमा, चालु आर्थिक वर्षको सडक कर निःशुल्क र निःशुल्क ईभी चार्जर उपलब्ध गराइनेछ।





























