CG Electronics
IME Life
NIMB

घोचक छैन, रोचक छ संखुवासभको चुनाव

NIMB
Himalayan Bank

 

संखुवासभ । प्रतिनिधिसभाको निर्वाचन यही फागुन २१ मा हुँदै छ । मतदाताहरु कुन पार्टी र व्यक्तिलाई मत दिँदा आफ्नो जिल्लाको विकास हुन्छ र आफ्नो दुःखसुखमा साथ दिन्छ हो, त्यस्तो व्यक्ति को हुन्छ भन्नेमा छलफलमा छन् ।

पटकौँपटक भोट हालेर जिताएका नेताहरुको दिनचर्या बदलिएको तर- मतादाता, व्यक्ति, समुदाय र जिल्लाको अवस्था भने ज्यूँकात्यूँ हुँदा भने यस पटक मतदाताहरुको मन भाँडिएको छ । विकासको सहयोगी, सुखदुःखमा साथ दिने वचन दिएका नेताहरु भोट माग्न मात्र आउने र जितेपछि केन्द्रमै बस्ने परिपाटीले मतदाताहरुमा उत्साह नदेखिनु स्वभाविक पनि हो ।

अहिले चुनावी माहौलले देश तातेको छ । उम्मेदवारहरुलाई आ-आफ्नो पक्षमा भोट माग्नका लागि गाउँघर, शहरबजारमा भ्याई-नभ्याई छ । कोही पार्टीलाई हेरेर भोट मागि रहेकाछन् भने कोही व्यक्तिले गरेको योगदानलाई हेरेर मतदान गर्न आह्वान गरी रहेकाछन् । यस्तै अहिले संखुवासभाको चुनावी माहौल पनि ह्वातै तातेको छ । रोचक त यो छ कि अहिले जिल्लामा सबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।

खाँदबारी बजारका युवा नेता दिपनकुमार श्रेष्ठ कांग्रेसको लागि बलियो उम्मेदवार भएको दाबी कांग्रेसले गरेको छ । श्रेष्ठले चुनाव जित्नेमा एउटा कांग्रेस ढुक्क देखिन्छ । तर, कांग्रेस भित्रकै अर्को समूह भने त्यति ढुक्क देखिँदैन । किनभने कांग्रेसभित्र सबैको मन मिलिसकेको छैन । बजारको उम्मेदवार भएकाले गाउँको भोट के हुने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ ।

कांग्रेसभित्र आन्तरिक खिचातानी तीब्र भएकाले चुनाव जित्न त्यति सजिलो नभएको उनीहरुको बुझाइ छ । नाम नभन्ने सर्तमा एक नेताले भने विशेष महाधिवेशनमा भएको खिचातानी र विभाजनले चुनावमा गम्भिर असर गर्ने देखिन्छ । उता, नेकपा एमालेले पनि नयाँ अनुहार भन्दै राजनीतिमा दक्खल नभएका एनजिओ चलाएर बसेका डा.अर्जुन कार्कीलाई अघि सारेर चुनावमा होमिएको छ । कार्कीलाई मतदाताबारे खासै रुचि छैन । तर चुनाव जित्न पाए हुन्थ्यो भन्ने छ ।

किनभने जिल्लाको दु:खसुखमा खासै भिज्ने स्वभाव नभएको जिल्लाबासीको बुझाइ छ । लामो समय एनजिओ, आईएनजिओ चलाएका कारण उहाँको केन्द्र र अन्तराष्ट्रियस्तरसम्म पहुँच भए पनि जिल्लाका लागि खासै चासो नदिएको जिल्लाबासीको भनाइ छ । बौद्धिक व्यक्तित्व भएका कारण चुनाव जितिहाले पनि जिल्लामा खासै परिवर्तन नहुनेमा जिल्लाबासीको मत छ । राजनीति नबुझेका र मतदाताको दुःखसुख नबुझेका कार्की पुरानै पार्टीबाट नयाँ उम्मेदवार हुनुहुन्छ ।

तर, एमालेभित्र पनि कार्कीलाई अघिल्लो निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई नसघाएको आरोप पार्टीभित्रकै नेताहरुले सामाजिक सञ्जालमा व्यक्त गरी रहेका छन् । तसर्थ पनि कार्कीलाई चुनाव जित्न सजिलो चाँहि छैन । तर, कांग्रेसभित्रकै एक समूहले भने कार्कीलाई सहयोग गर्ने आँकलन गरिएको छ ।

कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र भएका कारण पनि यस पटक अघिल्लो पटक चुनाव हारेका नेता राजेन्द्र गौतमलाई टिकट नदिएर कार्कीलाई दिएको बताइएको छ । तर, एमालेभित्र पनि केन्द्रमा बस्नेले टिकट पाउने तर, पार्टीमा दुःख गरेका जिल्लामा बसेका नेताले, कार्यकर्ताले टिकट नपाएको गुनासो छ । यस बीचमा पुरानो पार्टी एमाले, कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टीलगायतका पार्टीमा मत हाल्दै आएका मतदाता भने के गर्ने भन्ने रनभूलमा छन् ।

उम्मेदवारले जितेर गएपछि कार्यकताको दुःखसुखलाई नहेर्ने परिपाटीले उनीहरुको मन भाँचिएको देखिन्छ । यता रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर चुनावी दौडमा छन मिङमा शेर्पा । उनलाई समाजसेवी र दुःखसुखमा साथ दिने व्यक्तिको रुपमा जिल्लावासीले लिने गरेकाछन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका उनलाई पार्टीले अन्याय गरेपछि पार्टी परित्याग गरी रास्वपाबाट उम्मेदवार भएका उनलाई कांग्रेसका साथीभाइ र हितैषीले सघाउने आशा छ ।

 

रास्वपाबाट उम्मेदवार भए पनि उनी व्यक्तिगत रुपमा राम्रो छवि भएका व्यक्ति भएको जिल्लावासीको भनाइ छ । मर्दापर्दा र दुःखपर्दा मिङमालाई सम्झनेहरु धेरै छन् । पार्टीको संगठन नभए पनि व्यक्तिगत छवि नै उनले चुनाव जित्ने आधार भएको जानकारहरु बताउँछन् । एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीका भोट पनि आफूलाई आउनेमा मिङमा विश्वस्त छन् ।

किनभने कांग्रेसलाई अप्ठ्यारो पर्दा कांग्रेसलाई सघाएको मिङमाको गुन पनि कांग्रेसले बिर्सेका छैनन् भन्ने उनलाई छ । कांग्रेस र एमालेजस्ता पार्टीभित्रको बेमेलका कारण पनि मिङमालाई मत तान्न सजिलो छ । जिल्लामा पुराना पार्टीहरु रास्वपासँग डराएका छैनन् तर व्यक्तिगतरुपमा मिङमाको छविसँग चाहिँ डराएको आँकलन गरिएको छ ।

मिङमाको सरल जीवन शैली, दुःखसुखमा सघाउने र सामाजिक सेवाबाट प्रभावित हुने धेरै भए पनि चुनाव जित्ने नजित्नेमा भने अड्कलबाजी गरिँदै आएको छ । उता नेपाली कम्युनिष्ट पार्टीले भने चुनाव नजित्ने भएपछि तत्कालीन नेकपा एसकी सरिता खड्कालाई उम्मेदवार बनाएको छ । यसमा तत्कालीन माओवादी केन्द्रपक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

नेपाली कम्युनिष्ट पार्टी पनि आन्तरिक वादविवादमा रुमलिएका कारण यस पटकको निर्वाचन कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी तीन पार्टी मध्ये पनि एमाले र रास्वपाबीच नै टक्कर पर्ने आँकलन गरिएको छ । किनभने रास्वपाको संगठन नभए पनि मिङमा शेर्पा आफ्नो कमजोर भएको क्षेत्रमा पहिलेदेखि नै घरदैलोमा छन् । तर, पनि संखुवासभाको चुनाव यस पटक भने निकै रोचक नै हुने देखिन्छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...