Ncell NPL
NIMB
Everest Bank

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले नयाँ दलहरु प्रती कटाक्ष गर्दै कुनै सतह र पृष्ठभूमि नभएका हरुबाट भ्रामक प्रचार हुने गरेको बताएका छन ।बर्दघाट नगरपालिका वडा नम्बर ४मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले पछिल्लो समय सामाजिक सन्जालहरुका नयाँ भनिएका दलहरुले भ्रामक प्रचार गरेको उल्लेख गरे ।

“त्यस्ता कतिपय दलहरुले सामाजिक सन्जालमा कयौं प्रकारका भ्रामक प्रचार गरेका छ्न,जस्को कुनै सतह छैन,कुनै पृष्ठभूमि छैन,त्यसको काम खोजेर हिड्यो भने केही पनी भेटिदैन”उनले भने ।ठुला ठुला कुरा गरेर बाचा गरेर हिड्न सजिलो छ तर अहिले सम्म के गर्यौ भन्यो भने कुनै जवाफ छैन उनले थपे ।

नयाँ नेतृत्व चयन सगै नेपाली काङ्ग्रेसमा गुटगत राजनीतिको अन्त्य भएको बताउँदै उनले अबको ५ बर्षमा स्पष्ट आर्थिक रुपान्तरणको खाका सहित काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए।

बर्षौ सम्म देखिएको गुटगत प्रवृत्तीको प्रत्यक्ष असर बिकास निर्माण र आम नागरिकमा परेको भन्दै उनले मुलुकका हरेक निर्णायक आन्दोलनहरुमा काङ्ग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र समस्याको सुरक्षित अवतरण काङ्ग्रेसले नै गरेको जिकिर गरे ।”हाम्रो यो क्षेत्र पनि गुटगत राजनीतिले बिकास निर्माणका हिसाबले धेरै पछि पर्यो एक अर्काले गरेका कामलाई अबमुल्यन गर्ने धकेल्न खोज्ने खालको प्रवित्तिले हाम्रो क्षेत्र पछाडि पर्यो”चौधरीले भने ।

अहिलेको निर्वाचनमा १ सय ६ स्थानमा काङ्ग्रेस नयाँ उम्मेदवारहरु अघि सारेकाले यो अत्यन्तै खुसिको कुरा भएको उनले बताए ।

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१५

काठमाडौं, ३० फागुन। लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको...

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१०

काठमाडौं, ३० फागुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व...

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:५०

  काठमाडौं । उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचन...

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र वैदेशिक नेपालीलाई आईपीओ दिने

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र...

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:२७

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि...

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको...

वि.सं.२०८२ फागुन २७ बुधवार १४:४९

  काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ...

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई सुधारात्मक निर्देशन

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई...

वि.सं.२०८२ फागुन २७ बुधवार १३:४९

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित...