IME Life
NIMB

प्रेस विज्ञप्ति नेपाल आइडल जुनियर अप्रिलको पहिलो हप्तादेखि प्रसारण हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल प्रस्तुत गर्दै आएको एपी वान टेलिभिजन ले अब नेपाल आइडल जुनियर को पहिलो संस्करण प्रसारण गर्ने भएको छ।
हाल नेपाल आइडल जुनियर का लागि डिजिटल अडिसन सञ्चालन भइरहेको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतिभाहरूलाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।
नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरिसकेको छ। सोही सफल यात्रालाई निरन्तरता दिँदै नेपाल आइडल जुनियर लाई पनि विशेष र प्रभावशाली बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनेछन्। कार्यक्रममा प्रस्तोताका रूपमा डाक्टर शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहनेछन्। त्यस्तै नेपाल आइडलका ट्यालेन्ट हेड तथा म्युजिक डिरेक्टरका रूपमा मीन गुरुङ रहेका छन्। नेपाल आइडल जुनियरको डाइरेक्टरको रुपमा एलेन श्रेष्ठ रहेका छन्।

नेपाल आइडलले सन् २०१७ मा आफ्नो यात्रा सुरु गरेको थियो। हालसम्मका विजेताहरूमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर, करण परियार र गङ्गा सोनम रहेका छन्। यस कार्यक्रमले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँस्दै नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नेपाल आइडल जुनियर को भोटिङ पार्टनरका रूपमा खल्ती रहेको छ। कार्यक्रमको प्रसारण एपी वान टेलिभिजन बाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै आइडल जुनियरको पहिलो संस्करण प्रस्तुत गर्न लागेको हो, जसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास लिइएको छ।

नेपाल आइडल जुनियर अप्रिलको पहिलो हप्तादेखि एपी वान टेलिभिजनमार्फत प्रसारण हुने आयोजकले जनाएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...