निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला रहने – राष्ट्र बैंकको निर्देशन
Monday Mar 02, 2026
वि.सं.२०८२ फागुन १८ सोमवार १८:४१
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा पनि वित्तीय सेवा सञ्चालन गर्न बैंकहरूलाई निर्देशन दिएको हो।
सरकारले फागुन २०, २१ र २२ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक बिदा घोषणा गरेको छ। त्यस्तै, फागुन १८ गते हिमाली र पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा होली पर्वको सार्वजनिक बिदा रहेको छ।
केन्द्रीय बैंकको निर्देशनअनुसार, बिदाको अवधिमा पनि बैंकिङ सेवा उपलब्ध हुनेछन्। साथै, निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारहरूको बैंक खाता मार्फत नगद, चेक वा अन्य विनिमय साधनको दाखिला र भुक्तानी सेवा समेत बैंकहरूले सञ्चालन गर्नुपर्नेछ।





























