गृहमन्त्री सुधन गुरुङद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन
Thursday Apr 02, 2026
वि.सं.२०८२ चैत १९ बिहीवार २२:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थलगत अनुगमन गर्नुभएको छ।
पटक–पटक सर्वसाधारणबाट विमानस्थल सेवाबारे गुनासो आएपछि गृहमन्त्री गुरुङ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेर अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नहुने गरी सेवा प्रवाह गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ। विदेशबाट दुःख गरेर फर्किएका नागरिकले विमानस्थलमै असहजता भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ।
त्यस्तै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी यात्रुहरूलाई सहज सेवा प्रदान गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।
गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा लिइएको छ।




























