Nabil Bank
prabhubank
nic bank

बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ ।

बीवाईडीका अनुसार मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ ।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् ।

यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । ती मध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् ।

कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ । बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ । डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो ।

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन,...

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:५७

  रामग्राम(परासी) । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै...

हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता

हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:०३

  नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको...

`नेपाली अब युरो कपमा´ ११ जना योजनाको विजेता घोषणा  कार्यक्रम सम्पन्न

`नेपाली अब युरो कपमा´ ११ जना योजनाको...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:२०

    काठमाडौं । साईमेक्स् इन्क. प्रा. लि. को नेपालका...

एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङले नेपालमा बिवाइडी गाडीको बजारबारे जानकारी लिए

एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङले नेपालमा...

वि.सं.२०८१ वैशाख २६ बुधवार ०५:४४

काठमाडौं । बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१...

वि.सं.२०८१ वैशाख २० बिहीवार ०७:१७

काठमाडौं । मेरोअटो मोटर ¥यालीको चौथो संस्करण यही वैशाख २१...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न...

वि.सं.२०८१ वैशाख १९ बुधवार ०४:२७

  काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न...