CG Electronics
IME Life
NIMB

हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्रि भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एन्टियुसि र जेआइएलएएफको सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताए ।

उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मेहेनत गर्ने देश हो । त्योसँग हामीले सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ । जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई १ करोड जनशक्तिको आवश्यकता छ । विभिन्न विधामा आवश्यकता छ । त्यसकारणले पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्छ ।’
यस्तै, उनले नेपालबाट वैदेशिक रोजगारमा जाने हरेक श्रमिक नेपाली भएको भन्दै उनीहरुको सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक नेपाली नै हो नी, नेपाली जो छन् जहाँ छन् त्यो नेपाली नै हुन् उनीहरुलाई नेपालले हेर्नै पर्छ । ४५ देखि ४८ हजार महिला कुवेतमा बिना सूचना र श्रम स्विकृती बसि रहेका छन् । कसरी गए, महिला कामदार जान पाइदैँन् भनेर कानूनी हिसाबमा रहेको छ । अब ती महिलाहरु समस्यामा परे भने के गर्ने त । त्यही हामी सबै बसेर यस बारेमा छलफल गर्नुपर्छ, नेपालीले कसरी दुख पाउदैन्न भनेर हामी लाग्नु पर्छ ।’

श्रमबिनाको श्रमिकको कुनै काम नभएको भन्दै नेपालबाट जाने हरेक श्रमिकलाई सिप सिकाएर पठाउने नेपाल सरकारको तयारी रहेको पनि उनको भनाई छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...