CG Electronics
IME Life
NIMB

कानुन र सूचना प्रविधिलाई जोड्दै ‘टेक ल कलेज’ सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। करिब तीन दशकदेखि नवीनतम् सोच र शैलीका साथ शिक्षण पेसामा आबद्ध भएका व्यक्तित्वहरुको एक समूहले नयाँ कलेज स्थापना गरेको छ । शिक्षण पेसामा जीवनको आधा समय बिताएका नारायण काफ्लेसहितको समूहले स्कुल, प्लस टु हुँदै कलेज स्थापना गरेको हो ।

काफ्ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको टेक ल कलेज काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा हालै मात्र सञ्चालनमा आएको छ । विगतमा स्थापना गरेका शैक्षिक संस्थाहरु सफलतापूर्वक सञ्चालन भइरहेका बेला उनीहरुले कानुन र सूचना प्रविधि संकाय पठनपाठन गर्ने गरी टेक ल कलेज स्थापना गरेका हुन् ।

राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक ल कलेजमा कानुन संकायतर्फ पाँच बर्से बीए एलएलबी तथा सूचना प्रविधि संकायतर्फ चार बर्से बीएस्सी सीएसआईटी र बीसीए पढाइ हुने सीईओ काफ्लेले जानकारी दिए । अत्याधुनिक सुविधासम्पन्न भवनसहितको कलेजमा डिजिटल ल्याब, ई-लाइब्रेरी, अदालती प्रक्रिया अभ्यासका लागि मुट कोर्टलगायतको व्यवस्था गरिएको छ ।

अहिलेको ट्रेन्ड र आवश्यकताअनुसार कानुन विषयको कोर्स डिजाइन गरिएकाले टेक लको पठनपाठन उत्कृष्ट हुने सीईओ काफ्लेले बताए । आधुनिक एवं सूचना प्रविधिलाई आत्मसात् गरिएको कोर्स भएकाले विद्यार्थीले पाठ्यक्रम रुचाउने उनको विश्वास छ । ‘हामी विद्यार्थीलाई किताबमात्र पढाउने होइन, अब्बल तथा अनुभवी शिक्षकहरुबाट ज्ञान तथा सीपको नयाँ क्षेत्रमा प्रवेश गराउँछौं,’ उनले भने, ‘अध्ययनपश्चात जागिरको खोजीमा भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्छौं ।’

नयाँ-नयाँ आविष्कार, एआई, साइबर सेक्युरिटी, डाटा साइन्स, डिजिटल क्राइम र नयाँ-नयाँ प्रकृतिका अपराधसँग जोडेर पाठ्यक्रम विकास गरिएकाले विद्यार्थीलाई अप्रत्यासित लाभ मिल्ने सीईओ काफ्लेले बताए । उनका अनुसार सेकेन्ड सेमेस्टर (६ महिना) देखि नै विद्यार्थीलाई पेड इन्टर्नको अवसर प्रदान गरिनेछ । विद्यार्थीलाई पठनपाठनका साथमा सूचना प्रविधिको प्रयोग गरेर अनुसन्धान तथा केस स्टडी गराउने कलेज प्रशासनले जनाएको छ ।

त्यस्तै कलेजका डिजिटल पार्टनर आदित्यराज यादवले ‘नलेज विद एक्सपेरियन्स’को अवधारणामा टेक ल कलेज स्थापना भएको बताए । ‘मेडिकल कलेज खोल्न अस्पताल अनिवार्य भए जस्तै आईटी कलेजका लागि आईटी कम्पनी हुनुपर्छ,’ उनले भने, ‘सरकारले बाध्यकारी नबनाए पनि हामीले विद्यार्थीलाई अब्बल बनाउन त्यो मान्यतालाई अवलम्बन गरेका छौं, स्नातक तह पास गरेका हाम्रा कलेजका विद्यार्थीले प्रमाणपत्र र अनुभव दुवै हासिल गर्नेछन् ।’

कलेजका सल्लाहकार सुरेन्द्र कोइरालाले अहिलेको बदलिँदो समयमा एलएलबीलाई सूचना प्रविधिसँग जोडेर पठनपठान गराउनुपर्छ भन्ने मान्यताका साथ कलेज स्थापना भएको बताए । ‘किताबी ज्ञान पनि विद्यार्थीले समयसाक्षेप पाउन नसकिरहेको परिस्थितिमा टेक लको पाठ्यक्रमले त्यसलाई चिर्नेछ, कोर्स डिजाइन त्यसैअनुसार गरिएको छ,’ उनले भने ।

‘पढ्दै-कमाउँदै’ अवधारणा तथा अध्ययन सम्पन्न गरिसक्दा दक्ष र अनुभवी बन्ने भएका कारण कलेजप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै विदेश अध्ययनका लागि लर्को लाग्ने प्रवृत्तिलाई पनि केही हदसम्म निरुत्साहित गर्ने विश्वास लिइएको छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...