CG Electronics
IME Life
NIMB

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड” को १० वर्ष पूरा भएको अवसरमा British Council ले नेपालमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरेको छ।

ब्रिटिस काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा फन्डले नेपालसहित विश्वका १९ देशमा द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

सन् २०२२ देखि नेपालमा सञ्चालनमा आएको कल्चरल प्रोटेक्सन फन्डले समुदायलाई इतिहास, पहिचान र सांस्कृतिक सम्पदासँग जोड्ने कार्यमा सहयोग पुर्‍याउँदै आएको ब्रिटिस काउन्सिलले जनाएको छ। फन्डमार्फत नेपालमा कुसुन्डा जस्तो लोपोन्मुख भाषाको पुनर्जीवन, महिलाको नेतृत्वमा मैथिल कलाको पुनरुत्थान, डोल्पाका हिमाली गुम्बाको संरक्षण तथा गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा आदिवासी समुदायको खाद्य परम्पराको दस्तावेजीकरणजस्ता काम भएका छन्।

नेपालबाहेक बंगलादेशमा संग्रहालय सामग्री र मौखिक परम्पराको संरक्षणका लागि तालिम, पाकिस्तानमा इन्दुश डेल्टाको समुद्री सम्पदा, हजारा समुदायको शिल्पकला संरक्षण, बुद्ध मूर्तिको पुनःस्थापना तथा ऐतिहासिक भवन मर्मतजस्ता परियोजनामा पनि फन्डले सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले आम नागरिकको तहमा लगानी गर्दै सम्पदा संरक्षणमा दीर्घकालीन प्रतिबद्धता जनाउँदै नेपालमा सांस्कृतिक संरक्षणका क्षेत्रमा नयाँ अवसर सिर्जना गरिएको बताए। उनले सम्पदा क्षेत्रका अभ्यासकर्ताको सीप अभिवृद्धि र सञ्जाल निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य रहेको पनि उल्लेख गरे।

ब्रिटिस काउन्सिलले सन् २०२६ मा नेपालका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना पेशेवरलाई सहभागी गराई जनवरी २० देखि २३ सम्म क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ। कार्यशालामा सम्पदा आयोजना व्यवस्थापन, संस्थागत पूर्वतयारी तथा सञ्जाल निर्माणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

कल्चरल प्रोटेक्सन फन्ड युनाइटेड किङ्डमको संस्कृति, मिडिया तथा खेलकुद विभागको साझेदारीमा सञ्चालित अन्तर्राष्ट्रिय कार्यक्रम हो, जसले सन् २०१६ देखि २० देशमा १६० भन्दा बढी परियोजनामा सहयोग गरेको छ।

ब्रिटिस काउन्सिलले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषाका कार्यक्रममार्फत विश्वभर शान्ति, समझदारी र विश्वास निर्माणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...