CG Electronics
IME Life
NIMB

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन David Sislen ले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको हो ।

भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटवार्ताका क्रममा विश्व बैंकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो भेटमा शिक्षामन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउनुभयो ।

“गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,“ मन्त्री पोखरेलले भन्नुभयो, “विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।”

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार र शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको थियो ।

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमती

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४९

  काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय...

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे अध्ययन प्रतिवेदन ऊर्जामन्त्रीलाई

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:१४

  काठमाडौं, असार २६ – विद्युत् उत्पादन, प्रसारण, वितरण तथा...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको समाचारप्रति आयोगको गम्भीर

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको समाचारप्रति आयोगको गम्भीर

वि.सं.२०८३ जेठ २५ सोमवार २२:४८

काठमाडौँ । ध्यानाकर्षणनेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, बौद्ध...