CG Electronics
IME Life
NIMB

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्।

आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् । उनले भनिन्,‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो ।’

उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोक्ताको व्यवहार परिवर्तन गर्न नसक्ने जिकिर गरिन् । पर्याप्त कर वृद्धिले मात्र उपभोग घटाउन र त्यसबाट सिर्जित रोगको भार कम गर्न सकिने उनको भनाइ छ । सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम (करिब ४१ प्रतिशत) मात्र कर लगाइएको तथ्यांक प्रस्तुत गरिन् ।

उनले भनिन्, ‘सुर्तीजन्य पदार्थले क्यान्सर मात्र होइन, रक्तनली सम्बन्धी गम्भीर रोग (जस्तैः बर्जर्स डिजिज) निम्त्याउँछ । जसले गर्दा नागरिकको उत्पादकत्व घट्नुका साथै अपाङ्गता बढ्ने र राज्यमाथि थप आर्थिक भार पर्ने गरेको छ ।’

विशेषगरी युवा र न्यून आय भएका वर्गलाई कर वृद्धिले उपभोग घटाउन मद्दत गर्ने भएकाले यस्तो कदम विपन्न वर्गको हितमा समेत रहेको उनले स्पष्ट पारिन् ।

सांसद कार्कीले सुर्तीजन्य पदार्थ, मदिरा र हानिकारक पेय पदार्थमा लगाइने करबाट प्राप्त राजस्वलाई स्वास्थ्य बीमामा लगानी गर्नुपर्ने प्रस्ताव अघि सारिन् । उनले भनिन्, ‘अहिले उठेको राजस्व राज्यले अन्यत्र उपयोग गरिरहेको छ ।

यदि यसलाई स्वास्थ्य क्षेत्रमै र विशेष गरी स्वास्थ्य बीमाको पुनर्संरचनामा लगाउने हो भने जनताले पनि यसलाई सहर्ष स्वीकार गर्नेछन् ।’ उनले धुम्रपान गर्ने व्यक्तिले छाडेको धुवाँबाट बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरू बढी जोखिममा पर्ने गरेको भन्दै यस्तो ‘प्यासिभ स्मोकिङ’ ले सिर्जना गर्ने सामाजिक लागत नियन्त्रण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

बजेट वक्तव्यको अन्तिम तयारी भइरहेको सन्दर्भमा आफूले अर्थसचिव तथा अर्थमन्त्रीसँग स्वास्थ्य बीमाको पुनर्संरचनाका लागि निरन्तर छलफल गरिरहेको उनले जानकारी दिइन् ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:००

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर...