nic bank
himalayan everesat
Nmb bank

नेपालले किने भ्याटबाहेक ८५ करोड रुपैयाँमा रेल : रेल विभाग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका पानी जहाज र रेल सञ्चालन गर्ने भनेर भाषण गरेका थिए । आज उनै प्रधानमन्त्री ओलीले गरेका भाषणले सार्थकता पाउँदै छन् ।

कुर्था–जनकपुरधाम र भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज ९शुक्रबार० नेपाल आइपुग्दैछ । धेरै लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन नेपाल ल्याइदैँछ ।

योे रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ । रेल सञ्चालनका लागि करिब २ महिना समय लाग्ने छ ।

नेपाल आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलको भाडा ४ देखि ५ सय रुपैयाँ भाडा प्रस्ताव गरिएको छ ।

रेलवे कम्पनीको महाप्रबन्धक गुरु प्रसाद भट्टराईले रेल सञ्चालनका लागि १्२ महिना समय लाग्ने र कोरोनाको महामारी सकिएपछि रेल सञ्चालन हुने बताए ।

उनले भने, ‘हामीले मन्त्रालयलाई भाडा तोकेर निर्धारणको लागि पठाएका छौं । नेपालमा आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलमा ४ सयदेखि ५ सयसम्म हुने गरी प्रस्ताव पठाएका छौं । सायद यो भाडा रेट परिवर्तन हुँदैन होला ।’

नपाल आउँदै गरेको रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ । विभागका अनुसार उक्त रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । रेलमा दुबैतिर इन्जिन भएकोले फर्काइराख्नु पर्दैन ।

सो रेलको स्पिड प्रतिघण्टा ११० किलोमिटर रहेको छ । भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको रेल विभागले जानकारी दिएको छ ।

 

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...