विश्व भू-राजनितीको केस्रा केलाउन सिपालु अध्यक्ष निरौलाले उठाए यस्तो गम्भीर सवाल,कसले दिने जवाफ ?
Thursday Jul 22, 2021
वि.सं.२०७८ साउन ७ बिहीवार १८:५१
काठमाडौं । संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था लगायतका मुलुक जोगाउने मुद्दा अगाडी सारेर आन्दोलनमा होमिएको समाजवादी कांग्रेसले छोटो समयमै जनताको प्रिय राजनीतिक दल बन्ने संकेत देखाएको छ। सडक आन्दोलनमा होमिएको उक्त पार्टीले कोरोना कहरकै बिचमा देखाएको सक्रियता र त्यहाँ उपस्थित गराएको संख्या हेर्दा उक्त पार्टी भावी दिनमा झन् आक्रामक बन्ने लक्षण प्रचुर मात्रामा देखिएको हो।
सुझबुझ पूर्ण नेतृत्व गर्न र विश्व भू-राजनितीको केस्रा केलाउन सिपालु नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाको दुरदर्शिता सहितको राजनीतिक दर्शनले जरा गाड्न थालेको छ। निरौलाको पार्टी पछिल्ला दिनमा खुफिया एजेन्सीको तारो बन्न थालेको र देशी बिदेशी शक्ति केन्द्रले त्यसको सुक्ष्म अनुसन्धान गर्दै निरौलालाई तर्साउन अनेक तानाबाना बुन्न थालेको पाईएको छ। तर त्यसलाई परास्त गर्दै निरौलाले पार्टी गतिबिधीलाई झन् तिब्र बनाएका मात्र छैनन् सत्ताको एउटा कुनालाई हल्लाईदिएका छन।
घोषित रूपमा असार १५ गते बाट सडकमा निस्किएको उक्त पार्टी आन्दोलनमै छ। पार्टी अध्यक्ष निरौलाले आज मात्र सामाजिक संजालमा गम्भीर सवाल उठाएका छन्। उनले लेखेका छन् –
गुमेको बांके बर्दिया समेतको नेपाल भूमी फिर्ता ल्याउने शासक क्रुर निरंकुश हुने, देशको नदिनाला भरतलाई सुम्पने शासक महामानव हुने, राष्ट्रको अबिभावक संस्था बिघटन गर्ने मानिस युगपुरुष हुने,जनहत्या गर्नेहरु शासक हुने, देशमा भएका मुख्य दस्तावेज जलाउने राष्ट्रवादी हुने, जसले राष्ट्रियताको जग बसाल्यो त्यो मानिस निरंकुश हुने, आफुसंग भएको अधिकार जनतालाई सुम्पने शासक निरंकुश हुने, राष्ट्रनिर्माता अपमानित हुने,कस्तो बिडम्बना? सबै बिषयलाई लिएर बृहद छलफल गरौ र बास्तबिकता बारे स्पस्ट गरौ।