nic bank
himalayan everesat
Nmb bank

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं  । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा।लि। भक्तपुरबीच एक सम्झौता भएको छ ।

च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच उक्त सम्झौता भएको हो ।

बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीड नेपालका डाइरेक्टर आकाश वाडेले बताए ।

यसका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाई छ ।

सो सम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा। कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात नेपालमा च्याउ सम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको महसुस भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक बर्षसम्म कायम रहने उनले बताए ।

सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।

त्यस्तै, नास्टले च्याउ सम्बन्धी आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ भने फिल्डमा हुने अनुसन्धानहरूका लागि आवश्यक हुने स्थान, विजुली, पानी, जनशक्ति आदिको व्यवस्था मसरुम सीड नेपालले गर्ने भएको छ ।

नास्ट र मसरुम सीड नेपालद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार फिल्डको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने र च्याउसम्बन्धी तालिम, गोष्ठी मेलालगायत अन्य जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने जिम्मेवारी मसरुसम सीड नेपालले प्राप्त गरेको छ ।

परियोजना अवधिमा विविध बौद्धिक सम्पत्ति वा प्रकाशनमा दुवै पक्षको समान साझेदारी हुने बताइएको छ । परियोजनाको प्रभावकारी बार्षिक कार्ययोजना तथा कार्यतालिका विकास गर्न र योजनाअनुसार व्यवस्थित गर्न नाष्टका बरिष्ठ वैज्ञानिक अधिकृतको संयोजकत्वमा सदस्य रहने गरी मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा।लि। भक्तपुरबाट २ जना रहने एक परियोजना अनुसन्धान टोली गठन गरिने विज्ञप्तिमा उल्लेख छ ।

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:००

  स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...