nic bank
himalayan everesat
Nmb bank

मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वैकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८२६.८४ रुपैयाँ बाट बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख २७२.५१ रुपैयाँ पुर्याएर प्रबन्धपत्र संशोधन गर्नेछ ।

मुक्तिनाथ विकास बैंकसँग गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा निकायबाट फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार थपघट, परिमार्जन, संशोधन तथा सच्याउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।

यस्तै, काठमाण्डौको लाजिम्पाटमा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको विषयलाई पनि साधारण सभामा एजेण्डा बनाइएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउ सक्नेछन् ।

बढी रेमिट्यान्स भित्र्याउने नेपाल एसबिआई बैंकलाई सम्मानित

बढी रेमिट्यान्स भित्र्याउने नेपाल एसबिआई बैंकलाई सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:१३

  काठमाडौं । नेपाल एसबिआई बैंकले रेमिट्यान्सको आप्रवाह विधा तर्फ...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...