nic bank
himalayan everesat
Nmb bank

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ ।

इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला÷नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

“म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु । म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ । म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु । जिल्ला÷नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,” उहाँले भन्नुभयो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले कर्जाको व्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताउनुभयो ।

“कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ । केही समय पहिलेको दुई÷तीन प्रतिशतको निक्षेपको व्याजदर अहिले १०÷११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको व्याजदर स्वतः बढेको हो,” उहाँले बताउनुभयो ।

उहाँले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताउनुभयो ।

“म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो । तर बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ । व्याजदर घट्दा मलाई पनि राहत हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरि बढेको समेत उल्लख गर्नुभयो ।
उहाँले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताउनुभयो ।

“मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु । पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,” उहाँले भन्नुभयो ।

उहाँले आफूहरुले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पार्नुभयो ।

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:००

  स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...