CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको २०प्रतिशतले प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसावृद्धि

NIMB
Himalayan Bank


साउन ५, २०७६ काठमाडौं : सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको सेयर पुँजी ८ अर्ब ३७ करोड छ । विभिन्न शिर्षको रिजर्भमा भएको ४ अर्ब १० करोडसहित बैंकको कोर क्यापिटल १२ अर्ब ४७ करोड छ ।
असार मसान्तको हिसावमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर सम्पत्ति मूल्य १०७६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४८.८७ रुपैयाँ छ । मुल्य आम्दानी अनुपात १२.५९ प्रतिशत छ । गत विहीबार यस बैंकको सेयर मूूल्य प्रतिसेयर २२७ रुपैयाँ छ ।

बैंकले गत असार मसान्तसम्ममा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९० करोड रुपैयाँ परिचालन गरेको छ । त्यस्तै विभिन्न सेयरमा बैंकले १० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ ।

पुँजी कोष पर्याप्तता १३.१९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो अंक १० प्रतिशतभन्दा कम हुनुहुन्न । पुँजीको अनुपातमा विजनेश अझै कम भएकोले यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने सम्भावना देखिन्छ ।

खराव कर्जा १.१९ प्रतिशत छ । गत वर्षको असार मसान्तमा भन्दा शुन्य दशमलव २९ प्रतिशतले सुधार भएको छ । कर्जा निक्षेप अनुपात ७७.८७ प्रतिशत छ, जुन राष्ट्र बैंकको तोकेको अधिकतम ८० प्रतिशत सीमा भन्दा केही कम हो ।

कष्ट अफ फण्ड ८.५८ प्रतिशत, बेस रेट १०.५२ प्रतिशत छ । व्याजदर अन्तर ३.१५ प्रतिशत छ । यसबाट बैंकले निक्षेपकर्तालाई उच्च व्याज दिएको देखिन्छ । तर ऋण विस्तारको लागि कर्जाको व्याजदर उच्च राख्नु पर्ने बैंकको वाध्यता छ । बेस रेटभन्दा कममा कर्जा लगानी गर्न नपाईने राष्ट्र बैंकको नियम भएकोले यस बैंकबाट कर्जा लिनेले औषतमा १२/१३ प्रतिशत व्याज तिर्नुपर्ने देखिन्छ ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...