NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नेपालको अर्थतन्त्र : वर्तमान अवस्था, चुनौतीहरू र सुधारका प्रयासहरू

आर्थिक विकासको सार्थक प्रयास : उपप्रधानमन्त्री एवं अर्थमन्त्री

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अहिले हाम्रो अर्थतन्त्र समस्यामा छ । दबाबमा छ । यो सच्चाइलाई हामी कसैले पनि अस्वीकार गर्न सक्दैनौँ । तर, अर्को सच्चाइ के हो भने हामी क्रमशः दबाबबाट बाहिर निस्कन खोज्दैछौँ । समस्याबाट बाहिर निस्कन खोज्दैछौँ ।सरकारका प्रयासहरु त्यसतर्फ
अभिमुख छन् । त्यसमा हामी क्रमशः सफल पनि हुँदै गएका छौँ । समस्या समाधानका निम्ति हाम्रा प्रयासहरु क्रमशः प्रभावकारी बन्दै छन् । नतिजाहरु हाम्रो पक्षमा आइरहेको छ । तर, लामो समयदेखिको संगृहीत समस्या भएकाले ‘ओभरनाइट’ समाधान खोजेर सायद सम्भव हुँदैन । समस्या समाधानका निम्ति पनि यसले एउटा कोर्स लिन्छ । त्यसबाट हामी गुज्रिनुपर्छ ।

यसका बाबजुद तथ्यांकहरुले केही सकारात्मक संकेत गरिरहेका छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । शोधनान्तर वचत राम्रो छ । तरलताको अवस्था राम्रो छ । ब्याजदर दोहोरो अंकमा छ भने गुनासो आइरहन्थ्यो, अहिले एकल अंकमा आएको छ । मुद्रास्फीति काबुभित्रै छ, प्रक्षेपणको सीमाभित्रै छ । सेयर बजार पनि केही बढेको छ । यसले अर्थतन्त्रका केही पक्षहरुमा गतिशीलता बढेको देखाउँछ ।

तर, यो प्रगतिसँग अर्थतन्त्रमा जानकार राख्ने व्यक्तिहरु र व्यापारी व्यवसायीमात्र असन्तुष्ट हुनुहुन्न, म स्वयं पनि सन्तुष्ट छैन । किनकि, हामीले धेरै प्रगति गर्नुछ । समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धि हासिल गर्नुछ । त्यसतर्फ हामीले सार्थक र प्रभावकारी कदम चाल्नुछ । यसमा म प्रतिबद्ध छु र दृढ पनि छु । अर्थतन्त्रमा देखिएका धेरै समस्यामध्ये यहाँ म खासगरी राजस्व परिचालन, लगानीको वातावरण र कर्जाको मागवृद्धिको सन्दर्भमा चर्चा गर्नेछु ।

राजस्व परिचालन
मूलतः राजस्व परिचालनका सन्दर्भमा केही प्रश्न छन् । यसमा केही तथ्यांक विश्लेषण गरौँ ।
चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ अर्ब र प्रतिशतका आधारमा १३ प्रतिशत धेरै हो । यो एउटा उपलब्धि हो । र, यो यत्तिकै हासिल भएको उपलब्धि होइन, यो हामी सबैको साझा प्रयासको परिणाम हो । सरकारले यसका निम्ति गम्भीरतापूर्वक प्रयासहरु गरेको छ ।
तर, यसमा पनि सन्तुष्ट छैन । राजस्व प्रशासनमा धेरै समस्याहरु छन् । त्यसलाई हामीले गम्भीरतासाथ हेरिरहेका छौँ । त्यहाँभित्रका कुनै पनि प्रकारका चुहावट र अनियमिततालाई रोक्न हामीले सघन ढंगले काम गरिरहेका छौँ । द्रुत गस्ती टोलीदेखि सबै प्रकारका अनुगमन गर्ने संयन्त्रलाई परिचालन गरेका छौँ ।

तथापि, हाम्रा प्रयासहरु सम्पूर्ण रुपले सफल भइसकेका छैनन् भन्ने तथ्यलाई म अस्वीकार गर्दिन । किनभने, हामीले सबै चिज दुरुस्त गर्न सकेका छैनौँ । तर, राजस्व संकलनको १३ प्रतिशतको वृद्धिलाई म महत्वपूर्ण प्रगति मान्छु ।

बजेट निर्माण गर्ने समयमा हामी दबाबमा हुन्छौँ । यसमा म कसैलाई दोष दिन चाहन्न । जुन बजेट म कार्यान्वयन गर्दैछु, यो मैले ल्याएको होइन । अहिलेसम्मका धेरै बजेट एउटा अर्थमन्त्रीले सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, अर्को अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने र तेस्रो अर्थमन्त्रीले बजेट कार्यान्वयन गर्ने खालको अत्यन्तै तरल राजनीतिक परिस्थितिबाट हामी गुज्रिरहेका छौँ । बजेट ल्याउने अर्थमन्त्रीलाई कार्यान्वयन गर्न पाउँछु कि पाउँदिन भन्ने चिन्ताले सताइरहेको हुन्छ । यो साझा समस्या हो ।

बजेट निर्माण गर्दा पहिला हामी आकार तोक्छौँ । बजेटको त्यो आकारलाई आयसँग ट्याली गर्छौं । तर, आय निकै हुन्छ । यसपटकको बजेटको राजस्वको लक्ष्य पूरा गर्न पनि ३०–३१ प्रतिशतको वृद्धि गर्नुपर्ने स्थिति छ । जबकि, गत वर्ष १० प्रतिशतको हाराहारीमा मात्र राजस्व वृद्धि भएको छ । अघिल्लो वर्ष त्योभन्दा कम थियो ।

यस परिस्थितिमा चालु बजेटले ३०–३१ प्रतिशतको वृद्धिदरको महत्वकांक्षी लक्ष्य लिएको छ । म त्यो लक्ष्य पनि भेट्ने गरी लागेको छु किनभने त्यो लक्ष्य पूरा गर्न सक्दा मात्रै बजेटको सन्तुलन कायम हुन्छ । तर, विगतका वर्षहरुको राजस्व संकलनको यथार्थलाई हामी सबैले मूल्यांकन गर्नुपर्छ ।

यसर्थ, हामी राजस्व प्रशासनलाई प्रभावकारी बनाउने, त्यहाँभित्रका बेथिति, विकृतिहरुलाई नियन्त्रण गर्ने, कानुनबाहिर जानेहरुलाई दण्डित गर्नेलगायतका सबै उपाय अपनाउनुपर्ने स्थिति छ । राजस्व परिचालनमा अरु धेरै समस्या पनि छन् । कतिपय समस्या हामी आफैँ सिर्जना गरेका छौँ । उदाहरणका लागि विगतमा हामीले कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगायौँ । त्यसबेला वैधानिक च्यानल बन्द ग¥यौँ तर अवैधानिक च्यानलबाट आइरह्यो । त्यसबेला च्यानल नै सेट गरिएको छ । त्यसलाई पनि ब्रेक गर्नुपर्ने स्थिति छ ।

कतिपय ठाउँमा तस्करीका सामानहरु जफत गर्न जाँदा संगठित रुपमै राजस्वका कर्मचारीमाथि आक्रमण भएका छन् । गाडी तोडफोड गरिएका छन् । त्यो तहसम्म गएर पनि सरकारले राजस्व संकलनको प्रयास गरिरहेको छ । विगतको निर्णयले निम्त्याएको कमजोरी सुधार गर्ने प्रयास भइरहेको छ । समग्रमा, सबै खालका अवैध गतिविधि निराकरण गर्न अर्थ मन्त्रालय लागिपरेको छ ।
लगानीको वातावरण

लगानीको वातावरणका सन्दर्भमा मेरा केही फरक धारणा छन् । वास्तवमै हाम्रा कानुनहरु अन्तरविरोधी छन् । एउटा कानुन कार्यान्वयनमा लैजाँदा अर्को कानुनले अवरोध सिर्जना गरेको पाइन्छ । त्यसकारण लगानीका निम्ति परिस्थिति अनुकूल बनोस् भन्नेमा जति प्रयास गर्दा पनि चाहेजस्तो लगानी आउन सकिरहेको छैन ।

कतिपय मुलुकमा संसारभरका लगानीकर्ता जान्छन्, हामीकहाँ यति धेरै प्रयास गर्दा पनि किन आउँदैनन् ? यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । कानुनी समस्या छन् भने तिनको निराकरण गर्नुपर्छ । अन्य समस्या छन् भने तिनलाई पनि समाधान गर्नुपर्छ र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्छ । यही कुरालाई गम्भीरतासाथ लिएर सरकारले हालै मात्र कानुनी सुधारमा ठोस काम गरेको छ ।

आन्तरिक तथा बाह्य लगानी बढाउन र व्यावसायिक वातावरण बनाउन सरकारले अध्यादेशमार्फत २९ वटा कानुनी परिमार्जन गरेको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी ११, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवासम्बन्धी १३ र भूमि तथा वनसम्बन्धी तीन गरी २७ ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको छ ।

त्यस्तै केही समसामयिक विषय सम्बोधन गर्न र कार्यविधिगत स्पष्टता प्रदान गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र निजीकरण ऐन २०५० मा पनि दुई छुट्टा(छुट्टै अध्यादेश पनि जारी गरिएको छ । यो पहलले व्यावसायिक वातावरण बनाउन, बाह्य तथा आन्तरिक लगानी बढाउन तथा अर्थतन्त्रलाई चलायमान गराउन पक्कै भूमिका खेल्नेछ ।

नेपालको इतिहासमा पहिलो पटक सार्वभौम क्रेडिट रेटिङको काम पनि भर्खरै सकिएको छ । विश्वव्यापी रुपमा प्रतिष्ठित संस्था फिच रेटिङ्सले क्रेडिट रेटिङको काम गरेको छ । अत्यन्तै मिहिन ढंगले तथ्यांकहरु अध्ययन विश्लेषण गर्दा नेपालले ‘डबल बी माइनस’ रेटिङ पाएको छ । यो नतिजा दक्षिण एसियामा भारतपछिको राम्रो हो ।

यो नतिजाले नेपालमा लगानीका लागि अनुकूल परिस्थिति छ भन्ने सन्देश विश्वभर गएको छ । तर, यो सन्देश आफैँमा पर्याप्त छैन । रेटिङको नतिजाबाट लाभ लिन सक्नुपर्छ । त्यसका लागि गर्नुपर्ने धेरै काम अरु पनि छन् । सरकारले यस दिशामा पनि काम गरिरहेको छ ।

कर्जाको माग बढाउने प्रयास

कर्जाको माग बढाउने कुरा अहिले निकै चुनौतीपूर्ण देखिएको छ । ब्याजदर घटेको छ, तरलता पनि बढेको छ तर कर्जाको माग आइरहेको छैन । यस सन्दर्भमा नेपाल राष्ट्र बैंकसँग पनि म निरन्तर संवादमा छु । अर्थ मन्त्रालयका सम्बद्ध पदाधिकारीलाई सँगै राखेर कुरा गरिरहेको छु ।

तरलता बढ्यो र ब्याजदर घट्यो भनेर चित्त बुझाएर हुँदैन । कर्जाको माग हुनुपर्छ । उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनाका क्षेत्रमा खर्च हुनुपर्छ । त्यसका निम्ति के गर्नुपर्छ भनेर हामी सघन छलफलमा छौँ ।
समष्टिगत माग बढ्न नसकेका कारण सबै क्षेत्र सुस्ताएको छ । समष्टिगत माग नबढ्दा उद्योगीहरुले उत्पादन बढाउन सकेका छैनन् । उत्पादित वस्तुको माग नबढ्दासम्म उद्योगीहरुले उत्पादन बढाउँदैनन् । उत्पादन बढाउने परिदृष्य नदेखेसम्म उनीहरुले कर्जामा माग गर्दैनन् । बाह्य अर्थतन्त्रमा सुधार आएको लामो समय भइसक्दा पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्नुको मूल कारण यही हो ।

त्यसकारण सरकार उद्योगी व्यवसायीको मनोबल उठाउने, उत्पादन र उपभोग बढाउने दिशामा केन्द्रित छ । बैंकिङ प्रणालीको अधिक तरलतालाई उत्पादन र रोजगारी सिर्जनामा कसरी खर्च गराउन सकिन्छ भन्नेमा सघन छलफलमा छ । निजी क्षेत्रको सुझाव र सरकारी अध्ययनअनुसार नै लगानीका लागि बाधक बनेका थुप्रै कानुनमा सुधार गरिएको छ । सुधार भनेको समय सापेक्ष कुरा हो, यस कार्यमा सरकार निरन्तर लागिरहन्छ ।

समस्या धेरै छन् । तर, यी तमाम समस्यालाई चिर्दै अर्थतन्त्रलाई लयमा फकाउने दिशामा चाँडै सफल हुनेछौँ भन्नेमा म विश्वस्त छु ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...