NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

जिलीको नेपालमा कुनै आधिकारिक वितरक छैन : जगदम्बा मोटर्स र प्रोटोनबीच सहकार्य निरन्तर रहने प्रतिबद्धता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स र प्रोटोन मलेसियाले नेपालको इलेक्ट्रिक मोबिलिटीतर्फको भविष्यलाई लक्षित गर्दै सहकार्य अझै मजबुत पार्ने घोषणा गरेका छन्।

नेपाली बजारमा मलेसियाको पहिलो स्थानीय रूपमा विकास गरिएको ईभी प्रोटोन ईमास ७ भित्र्याएपछि यो साझेदारी अझै फराकिलो बनेको दुवै कम्पनीको भनाइ छ।

जगदम्बा मोटर्सले सार्वजनिक गरेको विज्ञप्तिमा प्रोटोन र जिली दुवैसँग आफ्नो सहकार्य रहेको र नेपालमा प्रोटोन तथा जिलीका गाडीको सेल्स, सर्भिसिङ र वारेन्टी दिने एक मात्र आधिकारिक कम्पनी आफूहरुमात्रै भएको स्पष्ट पारेको छ।

प्रोटोन इन्टरनेसनल कर्पोरेसनका सीईओ एडमन्ड लिम मेङले २०१८ देखि नै दुवै कम्पनीबीच सहकार्य रहेको र नेपालमा हालै प्रोटोन ईमास ७ आएको कारण साझेदारी अझ बलियो बनेको बताए। साथै, नेपालमा जिली ब्रान्डका लागि कुनै आधिकारिक वितरक नियुक्त नगरेको समेत उनले स्पष्ट पारे।

जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले सहकार्य डिष्ट्रिब्युटरको रुपमा मात्र नभई नेपाली ग्राहकलाई उपयुक्त ईभी उपलब्ध गराउने प्रतिबद्धतासहित भएको बताए।

हाल नेपालमा प्रोटोनका ३ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा छन् भने कम्पनीले २०२५ को अन्त्यसम्म १२ पुर्‍याउने योजना सार्वजनिक गरेको छ। साथै, प्रोटोनका जेन्युइन स्पेयर पार्ट्स, जिली–प्रोटोन सर्टिफाइड टेक्निसियन, एड्भान्स्ड डायग्नोस्टिक टुल्स र वारेन्टी सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...