CG Electronics
IME Life
NIMB

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

NIMB
Himalayan Bank

 

  • निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित निसान पेट्रोलबाट प्रेरित डिजाइन
  • १०० प्रतिशत टर्बोचार्ज्ड इन्जिन, ‘गुगल बिल्ट–इन’ प्रविधि तथा प्रिमियम एसयूभी अनुभव
  • नेपालमा पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’मा सार्वजनिक गरिने
  • भदौ २७ देखि ३२ गते, २०८३ (अगस्ट ११–१६, २०२६) सम्म भृकुटीमण्डपमा अवलोकन गर्न सकिने

 

 

काठमाडौं। नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि. ले विश्व बजारमा हालै सार्वजनिक गरिएको ‘अल–न्यु निसान टेकटन (Nissan TEKTON)’ नेपालमा पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’मार्फत सार्वजनिक गर्ने भएको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

विश्व बजारमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको निसान टेकटन निसानको नयाँ प्रिमियम एसयूभी हो। यसले कम्पनीको एसयूभी शृङ्खलामा महत्वपूर्ण स्थान ओगट्ने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनले टेकटनले नेपाली ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिष्ठित निसान पेट्रोलबाट प्रेरित टेकटनले निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी लाइन, मांसल (मस्कुलर) डिजाइन, ‘सी’ आकारका सिग्नेचर एलईडी हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्सका कारण यो जहाँ पुगे पनि सबैको ध्यान आकर्षित गर्ने एसयूभीका रूपमा परिचित हुने अपेक्षा गरिएको छ।

टेकटनमा १०० प्रतिशत टर्बोचार्ज्ड टर्बो टी–१६० (Turbo T160) पावरट्रेन जडान गरिएको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट गतिवृद्धि (एक्सेलेरेसन) तथा इन्धनको उच्च दक्षता प्रदान गर्छ। फराकिलो केबिन, पर्याप्त बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज बनाउने व्यावहारिक सुविधाका कारण यो पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त एसयूभीका रूपमा विकास गरिएको छ।

सुरक्षाका दृष्टिले पनि टेकटन अत्याधुनिक प्रविधिले सुसज्जित छ। यसमा मानक रूपमा ६ वटा एयरब्याग, उच्च क्षमतायुक्त स्टिल बडी स्ट्रक्चर तथा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणालीसहितका उन्नत चालक सहायता प्रणाली (Advanced Driver Assistance Systems–ADAS) समावेश गरिएको छ। साथै, ‘गुगल बिल्ट–इन’ प्रविधिमार्फत गुगल म्याप्स, गुगल असिस्टेन्ट लगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउनेछ।

‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’मा आउने आगन्तुकले अल–न्यु निसान टेकटनलाई नजिकबाट अवलोकन गर्ने, यसका विशेषता तथा प्रविधिबारे जानकारी प्राप्त गर्ने तथा निसानका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। प्रदर्शनी अवधिभर अगस्ट ११ देखि १६, २०२६ सम्म टेकटन भृकुटीमण्डपस्थित निसान स्टलमा प्रदर्शन गरिनेछ।

पायोनियर मोटोकर्प प्रा.लि.का बारेमा

पायोनियर मोटोकर्प प्रा.लि. नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर फैलिएको बिक्री, सेवा तथा ग्राहक सहायता सञ्जालमार्फत निसानका गुणस्तरीय सवारीसाधन तथा उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...