CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

NIMB
Himalayan Bank

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार बीमित हरिप्रसाद काफ्लेले विसं २०७६ मा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा योजना’अन्तर्गत २० वर्षे अवधिका लागि एक करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गर्नुभएको थियो। उक्त बीमा योजनासँगै उहाँले पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिनुभएको थियो।

केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको र उहाँको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले बीमा सम्झौताअनुसार ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।

कम्पनीका अनुसार उक्त दाबी भुक्तानीसँगै बीमितले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा पनि प्राप्त गर्नुभएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत बीमितप्रतिको दायित्व निर्वाह गर्दै आएको जनाएको छ। कठिन परिस्थितिमा ग्राहक तथा उनीहरूका परिवारलाई भरपर्दो आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।

 

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...