IME Life
NIMB

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपाल र जापानबीच सात दशकदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई अब व्यापार, लगानी, प्रविधि, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा थप सुदृढ बनाउनुपर्ने बताएका छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ (१९५६–२०२६) को अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीद्वारा संयुक्त रूपमा आयोजित नेपाल्र जापान व्यापार गोष्ठी तथा छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सो धारणा राखेका हुन । उनले सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, साझा मूल्य र जनस्तरको आत्मीय सम्बन्धमा आधारित रहेको बताए।

उनले जापान नेपालका सबैभन्दा विश्वासिला विकास साझेदारमध्ये एक रहेको उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, विपद् जोखिम न्यूनीकरण, जलविद्युत् तथा मानव स्रोत विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।

मल्लले नेपाल-जापान सम्बन्धमा व्यापार र लगानी पनि महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै नेपालबाट जापानमा पश्मिना, हस्तनिर्मित गलैंचा, हस्तकलाका सामग्री, चिया, कफी, कागजनिर्मित सामग्री, तयारी पोशाक, छालाजन्य वस्तु तथा चाँदीका गरगहना निर्यात भइरहेको उल्लेख गरे। जापानबाट भने अत्याधुनिक मेसिनरी, सवारीसाधन, विद्युतीय उपकरण, स्वास्थ्य सामग्री तथा औद्योगिक प्रविधि आयात हुँदै आएको उनले बताए।

उनले जापानी लगानीले नेपालमा आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन प्रणाली, रोजगारी सिर्जना तथा सीप हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाए ।

मल्लले आगामी दिनमा जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल पूर्वाधार, डाटा सेन्टर, उत्पादनमूलक उद्योग, स्वास्थ्य, शिक्षा तथा दिगो पूर्वाधार निर्माणका क्षेत्रमा जापानी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना रहेको बताए।

नेपालले नीतिगत स्थायित्व, पारदर्शिता तथा व्यवसायमैत्री वातावरण निर्माण गर्दै लगानीको सहजता बढाउँदै गएको उल्लेख गर्दै उनले नेपालमा थप जापानी लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तारका लागि आह्वान गरे।

नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठले दुई देशबीच व्यापार, लगानी, प्रविधि, पर्यटन, सांस्कृतिक आदान-प्रदान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै मल्लले जापानबाट आएका विशिष्ट अतिथि तथा व्यवसायिक प्रतिनिधिमण्डलको सफल नेपाल भ्रमणको शुभकामना व्यक्त गरे।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...