CG Electronics
IME Life
NIMB

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

NIMB
Himalayan Bank

 

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएकाले विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।

नाडाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको भए पनि हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।

विज्ञप्तिमा यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुने भएकाले सम्पूर्ण व्यवसायी समुदाय चिन्तित रहेको नाडाले जनाएको छ।

नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन तथा व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान तथा सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेका छन्।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...