CG Electronics
IME Life
NIMB

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

NIMB
Himalayan Bank

 

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले एसीसीए जुन २०२६ को परीक्षामा नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

एसीसीए प्लाटिनम स्वीकृत शिक्षण साझेदार तथा कम्प्युटरमा आधारित परीक्षा केन्द्रको मान्यता प्राप्त कलेजका विद्यार्थीहरूले विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गरेका हुन्।

कलेजका अनुसार सहारा मगियाले कार्यसम्पादन व्यवस्थापन ९पीएम० विषयमा नेपाल प्रथम र विश्व आठौँ स्थान हासिल गरेका छन्। त्यसैगरी नेहा खतिवडाले रणनीतिक व्यवसायिक नेतृत्व ९एसबीएल० मा नेपाल प्रथम र विश्व १८औँ, आशुतोष शर्माले रणनीतिक व्यवसायिक प्रतिवेदन ९एसबीआर० मा नेपाल प्रथम र विश्व ११औँ स्थान प्राप्त गरेका छन्।

यस्तै आशास्वी कुमारी श्रेष्ठले उन्नत कर प्रणाली ९एटीएक्स० मा नेपाल दोस्रो र विश्व १७औँ, शेलिश्मा सिवाकोटीले कार्यसम्पादन व्यवस्थापन ९पीएम० मा नेपाल तेस्रो र विश्व १३औँ तथा राकेश साहले रणनीतिक व्यवसायिक प्रतिवेदन ९एसबीआर० मा नेपाल दोस्रो र विश्व १३औँ स्थान हासिल गरेका छन्।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षा प्रमुख दिपेन्द्र के। श्रेष्ठले विद्यार्थीहरूको सफलता उनीहरूको अथक मेहनत, समर्पण तथा अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम भएको बताए। उनले राष्ट्रिय मात्र नभई विश्वस्तरमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्‍याएको उल्लेख गरे। साथै, सफल सबै विद्यार्थीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

यसैबीच, कलेजले सेप्टेम्बर २०२६ शैक्षिक सत्रका लागि एसीसीए कार्यक्रममा भर्ना खुला भएको जनाएको छ। एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ।

ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज नेपालका अग्रणी व्यावसायिक शिक्षण संस्थामध्ये एक हो। एसीसीए प्लाटिनम स्वीकृत शिक्षण साझेदारका रूपमा कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण, आधुनिक शैक्षिक पूर्वाधार तथा अनुभवी प्राध्यापकमार्फत विद्यार्थीलाई विश्वस्तरीय लेखा तथा वित्तीय क्षेत्रमा करियर बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको जनाएको छ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...