CG Electronics
IME Life
NIMB

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत अत्याधुनिक प्रविधिसहितका चार नयाँ सिंगल डोर रेफ्रिजरेटर बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सार्वजनिक गरिएका नयाँ मोडलहरू CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI हुन्। यी फ्रिजहरूको ग्रस क्षमता २०० लिटर तथा नेट क्षमता १९० लिटर रहेको छ। ग्राहकको भान्सालाई आकर्षक बनाउने उद्देश्यले फ्रिजहरू लिफी वाइन र लिफी ब्लु रंगमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ मेरिडिया सिरिजका फ्रिजहरूमा डिजिटल इन्भर्टर कम्प्रेसर जडान गरिएको छ, जसले बिजुली बचत गर्नुका साथै ११० भोल्टको कम भोल्टेजमा पनि सहज रूपमा सञ्चालन हुने क्षमता राख्छ।

त्यस्तै, टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी प्रयोग गरिएकाले फ्रिजभित्रको तापक्रम छिटो र प्रभावकारी रूपमा सन्तुलित रहने कम्पनीको दाबी छ।

फलफूल तथा तरकारी लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस प्रणाली र ठूलो क्षमताको जम्बो भेजिटेबल ट्रे उपलब्ध गराइएको छ। नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै CGMS220DLRI र CGMS220DLBI मोडलमा प्याज, आलुजस्ता सामग्री राख्न मिल्ने छुट्टै ड्राइ बास्केट समावेश गरिएको छ। साथै, CGMS220LRI र CGMS220LBI मोडलमा आकर्षक एप्रोन बेस राखिएको कम्पनीले जनाएको छ।

सुरक्षालाई प्राथमिकता दिँदै सबै मोडलमा लक एन्ड की सुविधा पनि उपलब्ध छ।

कम्पनीका अनुसार “Experience Life with CG” नारालाई आत्मसात गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन, ऊर्जा बचत र ग्राहकको व्यावहारिक आवश्यकतालाई केन्द्रमा राखेर नयाँ मेरिडिया सिरिज विकास गरिएको हो। यसले नेपाली परिवारलाई स्मार्ट, सुविधायुक्त र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

सिजीका अनुसार मेरिडिया ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज हो, जसमा अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रिमियम सुविधाको संयोजन गरिएको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा सक्रिय सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र बिक्रीपछिको सेवामार्फत उपभोक्ताको विश्वास कायम राख्दै आएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ मेरिडिया सिरिजका फ्रिजहरू देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा नेपालभरका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। साथै, ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...