CG Electronics
IME Life
NIMB

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

NIMB
Himalayan Bank

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ।

यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना तथा ज्याकुजी सुविधा, जिम, स्विमिङ पूल र टेनिस सुविधाहरू पर्दछन् जसले ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइ मापदण्ड र ग्राहक सेवा प्रणालीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गर्दछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले भने, “यो आईएसओ ९००१ः२०१५ प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो, तर यसभन्दा बढी यो हाम्रो हरेक ग्राहकप्रतिको एउटा प्रतिबद्धता हो, कि उनीहरूले हाम्रो हरेक शाखामा उस्तै स्तरको हेरचाह, सरसफाइ र सेवा पाउनेछन्।ं।“

त्यसैगरी, कम्पनीका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले थपे, “आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु भनेको वर्षौंदेखि ट्रन्क्यूलिटी स्पाले निर्माण गरेको प्रणाली र मापदण्डको प्रमाणीकरण हो। यसले हामीले प्रदान गर्ने प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तरप्रतिको हाम्रो प्रतिबद्धतालाई झल्काउँछ, र यो हामीले निरन्तर उकास्दै लैजाने एउटा मापदण्ड हो।“

यो मान्यताले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्डको रूपमा स्थापित गरेको छ, जसले आफ्ना ग्राहकहरूलाई सुरक्षित र उच्च गुणस्तरको वेलनेस अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई झल्काउँछ।
ट्रन्क्यूलिटी स्पाको बारेमा

ट्रन्क्यूलिटी स्पाले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ, काठमाडौको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा, भैरहवा र मलेसियाका प्रख्यात होटलहरुसँगको साइझादारीमा सञ्चालित छ । कम्पनीमा हाल ३ सय भन्दा बढीले रोजगारी पाएका छन् र कम्पनीको प्रशिक्षण विभाग ‘ट्रन्क्यूलिटी ईन्टरनेश्नल ब्यूटी एण्ड स्पा एकेडेमी’बाट ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेश सीप प्रदान गरिसकिएको छ ।

 

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...