NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

NIMB
leapmotornepal (citroen)

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक वर्षमा आफ्नो कारोबार ५४ प्रतिशतले वृद्धि गरेको जनाएको छ। कम्पनीका अनुसार सोही अवधिमा कर्मचारी संख्या बढेर १,५०० भन्दा बढी पुगेको छ भने देशभर शाखा तथा सेवा सञ्जाल उल्लेखनीय रूपमा विस्तार भएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा हाल १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको कम्पनीको दाबी छ।

उपायले ४० शाखाबाट विस्तार गर्दै हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीको सेवा हाल नेपालका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण बिन्दुसम्म पुगेको छ। दैनिक पार्सल वितरण क्षमता पनि करिब १,००० बाट बढेर औसत १५,००० पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कारोबार वृद्धिमा ढुवानी सेवाको विस्तार, देशव्यापी शाखा सञ्जाल, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार तथा ई–कमर्स बजारको वृद्धिले महत्वपूर्ण भूमिका खेलेको छ।

यसैबीच, उपायले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी क्षेत्रफलमा नेपालकै पहिलो आधुनिक ३पीएल (थर्ड पार्टी लजिस्टिक्स) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ। करिब ४५ हजार वर्गफुट क्षेत्रफलमा निर्माणाधीन उक्त वेयरहाउसमा स्टोरेज, इन्भेन्टरी व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा राष्ट्रव्यापी वितरण सेवा एउटै स्थानबाट उपलब्ध गराउने कम्पनीको योजना छ।

उपायका फुलफिलमेन्ट डिभिजनका अध्यक्ष संगम पौडेल ले बजारको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार र प्रविधिमा दीर्घकालीन लगानी गरिएको बताए। उनका अनुसार कम्पनीको उद्देश्य केवल पार्सल ढुवानीमा सीमित नरही सम्पूर्ण सप्लाइ चेनलाई प्रभावकारी बनाउने रहेको छ।

कम्पनीका एभीपी–ह्युमन रिसोर्स राजु के.सी. ले कर्मचारी संख्या बढाउनुका साथै दक्ष जनशक्ति विकास, नियमित तालिम, सुरक्षित कार्य वातावरण र करियर विकासलाई प्राथमिकतामा राखिएको बताए।

हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, रिटेल ब्रान्डलगायतलाई एन्ड–टु–एन्ड लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले आगामी वर्षहरूमा थप ३पीएल वेयरहाउस, फुलफिलमेन्ट सेवा तथा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा लगानी विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...