Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

थकाली समुदायले मनायो तोरन्ल पर्व, काठमाडौंमा निकालियो र्याली

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । थकाली समुदायले विभिन्न पर्वमध्यको एक मुख्य पर्व ‘तोरन्ल पर्व’ मनाएका छन् । थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर यो पर्व तीन दिनसम्म मनाइने गरिन्छ ।

विशेष गरेर मुस्ताङको थाक सातसय क्षेत्र तथा त्यस आसपास बसोबास गर्ने थकाली समुदाय फैलिदै गएर देशका विभिन्न भागमा पुगेपनि उनीहरुले आफ्नो परम्परा, रितिरिवाज र सामुदायीक एकताका लागि तोरन्ल पर्व मनाउँदै आएको थाकाली सेवा समिति नेपाल, क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गौचनले बताए ।

तोरन्ल पर्वमा पितृ पूजाका साथसाथै छोरी ज्वाइँलाई माइतीघर बोलाउने प्रचलन रहेको उनले जानकारी दिए । ‘‘वर्षमा एक पटक मनाइने यो पर्वमा पुरुषले तारो हान्ने, महिलाले कौडा खेल्ने, पितृ चढाउने, नाचगान गर्ने मिठो खाने र राम्रो लगाउने चलन छ,’ उनले भने । समुदायमा पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उद्धार हुने धार्मिक विश्वास रहेको छ।

तोरन्ल पर्वकै अवसरमा काठमाडौमा रहेका थकालि समुदायले मोटरसाईकल तथा कार र्याली समेत निकालेका छन् । उक्त र्यालीले थकाली सेवा समितिको केन्द्रीय कार्यालय बालाजुबाट सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग जमल, घण्टाघर, टुँडीखेल हुँदै पुनः सोही रुटबाट बालाजुसम्म परिक्रमा गरेको थियो ।

थकाली समुदाय जहाँ रहेपनि सांस्कृतिक रुपमा जोड्न र देश विदेशमा छरिएर रहेका थकाली समुदायका युवायुवतीहरुलाई एकताको सुत्रमा बाँध्दै शुभकामना संदेश प्रवाह गर्न पनि र्याली आयोजना गरिएको थकाली युवा परिवार काठमाडौं क्षेत्रका अध्यक्ष मञ्जील शेरचनले बताए । ‘यो पर्व विशेष गरी पितृहरुलाई सम्झने र उनीहरुलाई पनपर्ने परिकार चढाउने गरिन्छ, समुदायका युवाहरुलाई एकतामा बाध्ने र खुशियाली साट्ने तथा आम रुपमा जानकारी दिने उदेश्यले र्याली आयोजना गरिएको हो,’ उनले भने ।

 

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...