CG Electronics
IME Life
NIMB

थकाली समुदायले मनायो तोरन्ल पर्व, काठमाडौंमा निकालियो र्याली

NIMB
Himalayan Bank

 

काठमाडौं । थकाली समुदायले विभिन्न पर्वमध्यको एक मुख्य पर्व ‘तोरन्ल पर्व’ मनाएका छन् । थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर यो पर्व तीन दिनसम्म मनाइने गरिन्छ ।

विशेष गरेर मुस्ताङको थाक सातसय क्षेत्र तथा त्यस आसपास बसोबास गर्ने थकाली समुदाय फैलिदै गएर देशका विभिन्न भागमा पुगेपनि उनीहरुले आफ्नो परम्परा, रितिरिवाज र सामुदायीक एकताका लागि तोरन्ल पर्व मनाउँदै आएको थाकाली सेवा समिति नेपाल, क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गौचनले बताए ।

तोरन्ल पर्वमा पितृ पूजाका साथसाथै छोरी ज्वाइँलाई माइतीघर बोलाउने प्रचलन रहेको उनले जानकारी दिए । ‘‘वर्षमा एक पटक मनाइने यो पर्वमा पुरुषले तारो हान्ने, महिलाले कौडा खेल्ने, पितृ चढाउने, नाचगान गर्ने मिठो खाने र राम्रो लगाउने चलन छ,’ उनले भने । समुदायमा पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उद्धार हुने धार्मिक विश्वास रहेको छ।

तोरन्ल पर्वकै अवसरमा काठमाडौमा रहेका थकालि समुदायले मोटरसाईकल तथा कार र्याली समेत निकालेका छन् । उक्त र्यालीले थकाली सेवा समितिको केन्द्रीय कार्यालय बालाजुबाट सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग जमल, घण्टाघर, टुँडीखेल हुँदै पुनः सोही रुटबाट बालाजुसम्म परिक्रमा गरेको थियो ।

थकाली समुदाय जहाँ रहेपनि सांस्कृतिक रुपमा जोड्न र देश विदेशमा छरिएर रहेका थकाली समुदायका युवायुवतीहरुलाई एकताको सुत्रमा बाँध्दै शुभकामना संदेश प्रवाह गर्न पनि र्याली आयोजना गरिएको थकाली युवा परिवार काठमाडौं क्षेत्रका अध्यक्ष मञ्जील शेरचनले बताए । ‘यो पर्व विशेष गरी पितृहरुलाई सम्झने र उनीहरुलाई पनपर्ने परिकार चढाउने गरिन्छ, समुदायका युवाहरुलाई एकतामा बाध्ने र खुशियाली साट्ने तथा आम रुपमा जानकारी दिने उदेश्यले र्याली आयोजना गरिएको हो,’ उनले भने ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...