CG Electronics
IME Life
NIMB

नेपाल स्काउटका निर्देशक भट्टराईमाथि कारवाही गर्नुपर्ने शुद्धिकरण अभियानको माग

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईमाथि पदीय दुरुपयोग गरी नियम विपरीत आर्थिक अनियमितता गरेको भन्दै छानविन गरी कारवाही गर्नुपर्ने माग गरिएको छ । नेपाल स्काउट शुद्धिकरण अभियानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशक भट्टराईमाथि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।

शुद्धिकरण अभियानले निर्देशक भट्टराईमाथि विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागि हुँदा गरेको खर्चको विवरण सार्वजनिक नगरेको, नेपाल स्काउटको विद्यमान ऐन कानुन विपरित विद्युतिय सवारी साधन प्रयोग गरी ड्राईभर, मोविल र ईन्धन सुविधा लिएको, राष्ट्रिय परिषद बैठक विपरित नियमावलीको नियम ३१ मा लगेर निर्देशकको व्यवस्था थप गरेको, कनिष्ठ कर्मचारीलाई नियम विपरित निमित्तको जिम्मेवारी दिएको, विदेश जाँदा पनि विदा स्वीकृती नलिई अनुशासनहिन कार्य गरेको, संस्थाको खरिद विक्रिको कार्य गर्दा अनुचित लाभ लिने गरेको, मितव्ययिता नअपनाई पाँच तारे होटलहरुमा कार्यक्रम सञ्चालन गरी अनावश्यक खर्च गरेर नेपाल स्काउटलाई आर्थिक व्ययभार थप गरेको लगायत १० बुँदे आरोप लगाएको छ ।

यसअघि पनि शुद्धिकरण अभियानले निर्देशक भट्टराईमाथि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन विभागिय मन्त्रालयका खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ४ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । आफुहरुको माग सुनुवाई नभई मन्त्री चौधरीले निर्देशक भट्टराईकै पक्षपोषण गरिराखेका कारण पत्रकार सम्मेलन गर्नुपरेको अभियानका संयोजक देवदुत अधिकारीले बताए । अव पनि कुनै सुनुवाई नभए नेपाल स्काउट बचाउनको लागि चरणवद्ध आन्दोलन गर्ने उनले जानकारी दिए ।

शुद्धिकरण अभियानले २०८१ फागुन २७ गते आज नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा ब्यानर प्रदर्शनसहित मौन धर्ना, २०८१ फागुन ३० गते रिले अनसनसहितको धर्ना र यसबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारलाई स्काउटको पवित्रतालाई जोगाउन तथा पारदर्शिता कायम राख्न आग्रह गर्दै अभियानले आफूले निर्धारण गरेका कार्यक्रमहरूमा हस्तक्षेप भए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनीसमेत दिएको छ ।

शुद्धिकरण अभियानले छानविन गरी कारवाही गर्नुपर्ने भन्दै सार्वजनिक गरेको १० बुँदे मागपत्र यस्तो रहेको छः

१. विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागि हुँदा गरेको खर्चको विवरण यथार्थ नभएको आवश्यक संख्या भन्दा बढि सामाग्री खरिद गरेको भनि बिल मात्र पेश गरी भुक्तानी लिएको पाईएको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।

२. निर्देशकले कार्यालय प्रमुखको हैसियतमा सवारी साधन सुविधा अन्तर्गत ड्राईभर, मोविल र ईन्धन सुविधा नेपाल स्काउटको विद्यमान ऐन कानुन विपरित विद्युतिय सवारी साधन प्रयोग गरी मासिक उल्लेखित सुविधा एकमुष्ठ रुपमा तलबमा नै थप गरी लिने गरेको हुँदा त्यस सम्बन्धमा छानविन गरी कारवाही हुनुपर्ने ।

३. २०८० फाल्गुन १३ गते बसेको राष्ट्रिय परिषद बैठकमा नेपाल स्काउट नियमाली २०७७, संशोधन गर्न ३ ओटा विषय मात्र राखी छलफल गर्न तीन महले बनाई परिषद सदस्यहरुलाई बाँडी छलफल गरिएकोमा सो विषयभन्दा धेरै विषयहरु समाबेश गरी नेपाल स्काउटको नवनियुक्त प्रमुख आयुक्तलाई समेत जानकारी नदिई नेपाल स्काउट नियमावली, २०७७ (२०८०) संशोधन गरेको । कर्मचारी सेवा नियमावली, २०५२ मा व्यवस्था गरेको कर्मचारी निर्देशकको व्यवस्था राष्ट्रिय परिषदमा छलफल नै नगरी आफ्नो लागि नियमावलीको नियम ३१ मा लगेर निर्देशकको व्यवस्था थप गरेको ।

४. २०८० फाल्गुल १३ गते नयाँ कार्यकारी समिति गठन गर्दा राष्ट्रिय परिषदका ५ जना सदस्यहरु सम्मिलित सिफारिस समितिले प्रमुख आयुक्त लगायत अन्य आयुक्तहरुलाई दस्तखत गरी सिफारिस गरेको पत्र बमोजम प्रमुख आयुक्त लगायत आयुक्तहरुको नियुक्ति भएकोमा सो सिफारिस पत्र आफुसँग छैन भनी लुकाएर संस्थाको कार्यालय प्रमुखले गैरजिम्मेवार कार्य गरेकोले त्यस सम्बन्धमा छानविन गरी कारवाही हुनुपर्ने ।

५. नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति र राष्ट्रिय परिषदमा समेत कुनै छलफल नभएको विषयमा कार्यदलमा प्रतिनिधि तोकिदिने बारेको पत्र प्रमुख आयुक्तलाई समेत जानकारी नदिई युवा तथा खेलकुद मन्त्रालयमा नेपाल स्काउट नियमावली संशोधन मस्यौदा कार्यदल गठन गर्न आफु खुशी प्रतिनिधिहरुको नाम उल्लेख गरी मिति २०६१।०८।०५ च।न। १९४ मार्फत प्रेषित गरेको हुदा संस्थालाई दिर्घकालिन असर पर्ने गरी अनुचित कार्य गरेको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।

६. मिति २०८१।१०।०४ देखि हालसम्म लामो समय विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको र विदा स्वीकृत नै नभएको अवस्थामा कनिष्ठ कर्मचारीलाई नियम विपरित निमित्त दिएको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।
७. कार्यालयको प्रमुख जस्तो जिम्मेवारी कर्मचारीले गत मिति २०८१ श्रावण महिनामा विदेश जाँदा पनि विदा स्वीकृती नलिई अनुशासनहिन कार्य गरेको हुँदा त्यस सम्बन्धमा सत्य तथ्य छानविन हुनुपर्ने ।

८. निर्देशकले कार्यालय भन्दा बाहिर विभिन्न स्टार होटलहरु तथा रेष्टुरेन्टहरुमा गई आफु र कार्यालयसँग असम्बन्धित व्यक्तिहरुसँग बसी खाने गरेको र त्यसको विलहरु कार्यालयमा पेश गरी सचिवालयको कर्मचारी मार्फत सोधभर्ना लिने गरेका हुँदा त्यस सम्बन्धमा छानविन गरी सोधभर्ना उपर गर्नुपर्ने ।

९. संस्थाको खरिद विक्रिको कार्य गर्दा अनुचित लाभ लिने गरी नातागोता आफन्तको कम्पनी तथा फर्मलाई संस्थाको काम दिई सो मार्फत विल भुक्तानी गरी संस्थालाई हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा सो सम्बन्धमा समेत छानविन गरी कारवाही गर्नुपर्ने ।

१०. विगतका वर्षहरुमा नेपाल स्काउटको तालीम तथा कार्यक्रमहरु आफनै भवन तथा स्थानहरुमा सञ्चालन गर्दै आएकोमा हाल आएर नेपाल स्काउटको सिद्धान्त विपरित हरेक कार्यक्रम क्रियाकलापहरु सञ्चालन गर्दा आफ्नै तालीम केन्द्र भवनहरुमा सञ्चालन नगरी मितव्ययिता नअपनाई पाँच तारे होटलहरुमा सञ्चालन गरी अनावश्यक खर्च गरेर नेपाल स्काउटलाई आर्थिक व्ययभार थप गरेको ।

उता निर्देशक भ्टराईले पनि अभियानले लगाएको आरोपमा सत्यता नरहेको भन्दै सोमबार नै नेपाल स्काउटको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी स्पष्टिकरण दिएका छन् ।

 

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...