NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध गराउने उद्देश्यसहित ‘चाइनाबजार डट कम’ नामक नयाँ ई–कमर्स प्लेटफर्म बुधबारदेखि सञ्चालनमा आएको छ।

कम्पनीका अनुसार चाइनाबजारले चीनका उत्पादकबाट वस्तु प्रत्यक्ष खरिद गरी आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउने, आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने व्यवस्था गरेको छ। यसबाट बहु–तहको आपूर्ति शृंखला घटाई लागत कम गर्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु उचित तथा पारदर्शी मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुति श्रेष्ठले नेपालमा आयातित अधिकांश वस्तु आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता विभिन्न तह हुँदै उपभोक्तासम्म पुग्ने भएकाले त्यसले वस्तुको मूल्य बढाउनुका साथै आपूर्तिमा अनिश्चितता सिर्जना गर्ने गरेको बताइन्। यही अवस्थालाई सुधार गर्न प्रत्यक्ष आपूर्ति प्रणालीमा आधारित प्लेटफर्म सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन्।

उनका अनुसार कम्पनीले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नरही चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु छनोट र खरिद गर्ने, आफ्नै व्यवस्थापनमा आयात, भण्डारण तथा वितरण गर्नेछ। यसले सामानको आपूर्ति छिटो बनाउन, लागत नियन्त्रण गर्न र मूल्यलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रारम्भिक चरणमा प्लेटफर्ममार्फत विद्युतीय सामग्री, फेसन, जीवनशैली, स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। आगामी दिनमा उत्पादनको विविधता तथा वितरण सञ्जाल विस्तार गर्ने योजना रहेको पनि कम्पनीले उल्लेख गरेको छ।

ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। कम्पनीले आफ्नै गोदाम तथा वितरण प्रणालीमार्फत आवश्यक मौज्दात कायम राखी छिटो र भरपर्दो सेवा उपलब्ध गराइने जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको र चीनसँगको व्यापारिक सम्बन्ध थप सुदृढ बन्दै गएको उल्लेख गर्दै त्यसअनुकूल सेवा विस्तार गरिने बताइन्।

नेपालमा आधारित चाइनाबजार डट कमले चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार स्रोत व्यवस्थापन, आयात, भण्डारण र वितरणलाई एकीकृत गर्ने व्यवसायिक मोडेलमार्फत उपभोक्तालाई पारदर्शी मूल्य र भरपर्दो सेवा उपलब्ध गराइनेछ।

 

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...