NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

NIMB
leapmotornepal (citroen)

टाटा कार्निभलको चौथो संस्करण
कुनै पनि पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने

 

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण सञ्चालन गर्ने भएको छ।

४ भदौदेखि ७ भदौसम्म सञ्चालन हुने उक्त क्याम्पमा ग्राहकहरूले कुनै पनि पुरानो गाडी दिएर हालै नेपालमा सार्वजनिक भएका नयाँ पञ्च ईभी र नयाँ टियागो ईभीसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा राखेर टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडानलगायत विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसरमा नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता विशेषता छन्।

त्यस्तै, दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङका विकल्प, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागजस्ता सुरक्षा तथा प्रविधियुक्त सुविधाहरू उपलब्ध छन्।

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...