NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएका सवारीमध्ये ई–टेरेन कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा रहेका छन्।

हिमालय मोटोरोक्सले करिब तीन साताअघि मात्र नेपालमा सार्वजनिक गरेको म्याक्सस ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोको अवसरमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको ई–टेरेन प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो।

कम्पनीका अनुसार उक्त छुट सुविधा नाइमा मोबिलिटी एक्सपो अवधिका लागि मात्र तोकिएको थियो। तर एक्सपोपछि पनि केही दिन अफर कायम राख्न ग्राहकहरूले अनुरोध गरेपछि कम्पनीले भदौ १५ गतेसम्म छुट सुविधा निरन्तरता दिने निर्णय गरेको हो।

अब यो अफरमा म्याक्सस ई–टेरेन बुकिङ गर्न इच्छुक ग्राहकहरूले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बजारमा आएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा वर्ग, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने ग्राहक तथा क्याम्पिङमा रुचि राख्नेहरूका लागि यो पिकअप आकर्षणको केन्द्र बनेको देखिन्छ।

आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा पाइने विभिन्न फिचर तथा व्यावसायिक र व्यक्तिगत दुवै प्रयोजनमा प्रयोग गर्न सकिने क्षमताका कारण ई–टेरेनले छोटो समयमै ग्राहकको ध्यान तान्न सफल भएको कम्पनीले जनाएको छ।

उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् क्षेत्रमा कार्यरत व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी हुने कम्पनीको भनाइ छ। विद्युतीय सवारी भएकाले सञ्चालन खर्चका हिसाबले समेत यो किफायती हुने जनाइएको छ।

म्याक्सस ई–टेरेन चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता एसएआईसी (SAIC) अन्तर्गतको म्याक्सस ब्रान्डले उत्पादन गरेको हो। ब्रान्डको अन्तर्राष्ट्रिय बजारमा रहेको पहिचान र विश्वसनीयताका कारण नेपाली ग्राहकले समेत छोटो समयमै यसप्रति विश्वास देखाएको कम्पनीको दाबी छ।

हिमालय मोटोरोक्सले बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिँदै सहज रूपमा स्पेयर पार्ट्स तथा सर्भिस सुविधा उपलब्ध गराउने जनाएको छ। बिक्रीपछिको सेवा र मर्मतसम्भारमा कम्पनीको प्रतिबद्धताले पनि म्याक्सस ई–टेरेनप्रति ग्राहकको आकर्षण बढाउन योगदान पुगेको कम्पनीको भनाइ छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...