एनआईसी एशियाले ल्यायो नयाँ अफर,सोल्टीमा निःशुल्क डिनर
Wednesday Feb 12, 2020
वि.सं.२०७६ माघ २९ बुधवार ०२:५६

७६ काठमाडौं,२९माघ: एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंक मार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मोबैंक कारोबार गर्ने २० जना ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।

यस बैंकको मोबाईल बैंकिङ्ग एप मोबैंक मार्फत कुनै पनि भुक्तानी जस्तै क्यिूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टप अप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउने छन् ।
बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रति लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको कम्पनीले जनाएको छ ।





























