CG Electronics
IME Life
Ncell NPL

जम्मा एक हजार लगानी गरेका लगानीकर्तालाई महिला लघुवित्तले यसरी बनायो ५० हजारको मालिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  गत आवको माग ३० देखि फागुन ५ सम्म सर्वसाधारणलाई सेयर जारी गरेको माहिला लघुवित्तले सेयरधनीहरुलाई मालामाल बनाएको छ । चैत ३ देखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य २ महिना नपुग्दै ५ हजार ३० रुपैयाँ पुगेको छ। सर्वसाधारणहरुले एक हजार रुपैयाँबाट लगानी सुरु गरेको कम्पनी मूल्य निरन्तर सर्किट लाग्दै बढेपछि आज ५० हजार रुपैयाँको मालिक बन्न पुगेका छन् ।

कम्पनीले जारी गरेको ४ लाख कित्तामा पनि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता मात्र सर्वसाधारणलाई वितरण गरेको थियो । कम्पनीको वित्तीय अवस्था राम्रो भएको र सेयर संख्या थोरै भएकाले पनि सेयर मूल्य बढेको हो ।

नेप्सेले सूचीकृत गराएपछि लघुवित्तलाई दोस्रो बजारमा कारोबार गर्नको लागि ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसासम्मको मूल्य सीमा दिएको थियो । सोपछि कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा ४३८ रुपैयाँमा १० कित्ता सेयर खरिद-बिक्री भएको थियो। बिहीबार कारोबार खुलेको केही समयमा नै लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ४५७ रूपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजारभन्दा बढी पुग्दा पनि अझै माग भने रोकिएको छैन । यो सामाचार तयार पार्दासम्म कम्पनीको करिब डेढ लाख कित्ता सेयर अझै खरिदको लागि माग रहेको छ । यस अवधिसम्म कम्पनीको जम्मा ७ हजार ६१९ कित्ता सेयर खरिद-बिक्री भएको छ ।

यस्तो छ कम्पनीको वित्तीय विवरण
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गतवर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२.६६ प्रतिशत बढी खुद नाफा गरेको हो । गतवर्ष यस अवधिसम्म कम्पनीले ३ करोड २ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो ।

यसवर्ष सञ्चालन नाफा भने करिब १५० प्रतिशत बढी भएको छ । गतवर्ष ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यसवर्ष ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी १० करोड छ । जगेडा कोष रकम गतवर्षभन्दा ६६.६७ प्रतिशत बढी अर्थात् १९ करोड १८ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यसवर्ष कम्पनीले गतवर्षभन्दा १४७ प्रतिशत बढी अर्थात् २ अर्ब १९ करोड ८५ लाख ५१ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । गतवर्षभन्दा ३२.४९ प्रतिशतभन्दा बढी अर्थात् ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गतवर्षभन्दा ८८.७८ प्रतिशत बढी हो ।

गतवर्षको यही अवधिसम्म २.५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यसवर्ष २.२५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ८५.६६ प्रतिशत अर्थात् २९१.८४ रुपैयाँ छ ।

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...