CG Electronics
IME Life
NIMB

पूर्वाधार निर्माणमा यसरी जुर्मुरायो आयल निगम, कहाँ-कहाँ के-के बनाउँदैछ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । निगमसँग हाल भएको पूर्वाधार पर्याप्त नभएपछि प्राथमिकतामा पूर्वाधार निर्माण राखेको निगमले जनाएको छ ।

निगमले चालु आवको वार्षिक बजेटमा इन्धन भण्डारण, पाइपलाइन, डिपोको स्तरोन्नतिलगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेको उल्लेख छ । उक्त निर्माण गर्नको लागि निगमले ५ अर्ब ८३ करोड रूपैयाँ खर्चिने भएको छ । त्यससँगै निगमले अत्याधुनिक अफिसको भवन पनि निर्माण गर्ने भएको छ ।

निगमले चालु आवका लागि ७ अर्ब ४० करोड रूपैयाँको बजेट पारित गरेको जनाएको छ । त्यसमा पूर्वाधार निर्माणतर्फ ५ अर्ब ८३ करोड रूपैयाँ खर्च गर्नेछ । साथै बाँकी इन्धन भण्डारणस्थल निर्माण गर्न १ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

हालको इन्धन भण्डारण क्षमता निकै कमजोर रहेकाले तीन महिनालाई पुग्ने गरी इन्धन भण्डारणस्थल निर्माण गर्न सो रकम खर्चिने भएको हो । अहिले इन्धन आयातमा अवरोध हुने वित्तिकै बजारमा कालोबजारी तथा अभाव शुरु हुने गर्दछ । त्यसैले निगमले उक्त समस्या हटाउनको लागि भण्डारणसहित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

निगमले अत्याधुनिक सुविधासम्पन्न भवन पनि निर्माण गर्ने जनाएको छ । निगमले अत्याधुनिक कर्पोरेट भवन बनाउन लागेको जनाएको छ । उक्त भवन दुई तल्ला बेसमेन्ट (भूमिगत पार्किङ) र १० तल्लाको भवन बनाउने तयारी गरेको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी यसै वर्षबाट भवन निर्माण शुरु गर्न लागेको छ । भवन निर्माणका लागि ९६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

कहाँ के बनाउने तयारीमा छ निगम ?

निगमले पहिलो प्राथमिकतामा पाइपलाइन निर्माणलाई दिएको छ । जसमा निगमले भारतको सिलगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने तयारी गरेको छ । साथै, मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको तयारी छ ।

सो स्थानहरूमा पाइपलाइनमार्फत् ल्याएको इन्धनलाई व्यवस्थित रूपमा भण्डारण गरेर वितरण गर्न अमलेखगन्जमा ८ हजार किलोलिटर क्षमताको ट्यांकी र तीनवटा २ सय ५० किलोलिटर क्षमताको इन्टर मिक्स ट्यांकी बनाउने योजना बनाएको छ । साथै पाइपलाइनमा डिजेल र पेट्रोल मिसिँदा मट्टितेल बनाउने ल्याब लगायत अरू संरचना बनाउनेछ ।

निगमले पेट्रोलियम भण्डारणस्थल निर्माण, विभिन्न डिपोमा रहेका मट्टीतेलका पुराना ट्यांकीलाई कन्भर्जिङ गरेर डिजेल र पेट्रोल भण्डारण गर्न मिल्ने बनाउने काम अघि बढाएको छ ।

भण्डारणस्थल निर्माणका लागि १ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको निगमको चालु आवको कार्यक्रममा उल्लेख गरेको छ । त्यसैगरी अमखलेगन्ज, थानकोटमा ८ देखि १० हजार किलोलिटरका पेट्रोल भण्डारणस्थल बनाउने निगमले जनाएको छ ।

निगमले पाइपलाइनसँगै आपूर्ति व्यवस्था, आकस्मिक अवरोधबाट पर्ने प्रभाव न्यूनीकरण गर्न, इन्धनको आपूर्ति एवं भण्डारण प्रणाली प्रभावकारी बनाउने, पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउनेमा प्राथमिकता दिएका छन् ।

हवाई इन्धनको भण्डारणस्थल बनाउने

निगमले पेट्रोल, डिजेलसँगै हवाई इन्धनको पनि भण्डारणस्थल बनाउने भएको छ । हवाई सेवाको क्षेत्र निरन्तर विकास भइरहेको अवस्थामा सम्भाव्यता अध्ययन, हवाई कम्पनीहरूको माग तथा नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा हवाई इन्धन डिपोलाई पनि प्राथमिकतामा राखेको छ ।

हवाई सेवाको क्षेत्र निरन्तर विकासको क्रममा रहेकाले पक्की रनवे भएका विमानस्थलमा हवाई इन्धन बिक्रीका लागि डिपो निर्माण गर्ने निगमको कार्यक्रममा उल्लेख छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भएकाले उक्त स्थानमा हवाई इन्धनको भण्डारणस्थल बनाउन लागिएको निगमले जनाएको छ । जसमा पोखरामा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण निर्माण गर्ने योजना बनाएको छ । सोही स्थानमा १२ सय किलोलिटरका तीनवटा ट्यांकी बनाउने तयारी गरेको छ ।

निगमले सरकारको नीति, यात्रुको चाप, लागतका आधारमा आवश्यक भएका ठाउँमा मात्र हवाई इन्धनको भण्डारण तथा वितरणका लागि रिफ्यूलरको व्यवस्था गर्ने भएको छ ।

झापा, जनकपुर र दाङ विमानका लागि रिफ्युलिङ गर्ने व्यवस्थाका गर्ने भएको छ । सो व्यवस्थाको लागि निगमले रिफ्युलर, दमकललगायत उपकरण खरिद गर्न निगमले ९२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...