Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज शुक्रबार भच्र्युअल माध्यमबाट साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले रु.५०,२६,९०,१८१.८५ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी)वापत रु।४,०२,१५,२१४.५५ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

आज सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष ०७७(७८ को लागि लेखापरिक्षण समितिको सिफारिश बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ ।

त्यसैगरी, एशियन लाईफ इन्स्योरेन्सको ५१५ स्वामित्व रहेको एशियन क्यापिटल लि।मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।

साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा ३० अर्ब जीवन बीमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ।व। २०७८÷७९ को पौष मसान्तसम्ममा कूल एक अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र तीन अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

 

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ : गृहमन्त्री अर्याल

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले...

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०८:५१

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा...