Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

‘समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णयसहित सकियो तामाङ मुक्ति मोर्चाको बैठक

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा जारी मोर्चाको ७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको पहिलो पूर्ण बैठक शनिबार सम्पन्न भएको हो ।

बैठकले आगामी मंसिर ०५ गतेसम्म देशभर ‘तामाङ समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङले जानकारी दिए ।

अभियानका क्रममा विभिन्न प्रदेशहरुको अधिवेशन सम्पन्न गर्ने उनले बताए । त्यसका साथै बाँकी जिल्ला र पालिकास्तरको भेला अधिवेशनहरु समेत यो अवधिमा हुनेछ ।

मोर्चाले अभियानका क्रममा प्रत्येक तामाङहरुको घरमा पुगेर यथेष्ट रिपोर्ट लिने लक्ष्य समेत लिएको छ । तामाङ समुदायको घरमा पुग्दा सदस्यता वितरणदेखि माओवादी केन्द्रको नीति र आवश्यकताबारे समेत प्रशिक्षित गराउने अध्यक्ष तामाङको भनाई छ ।

त्यसैगरी बैठकले सबै प्रदेशका संयोजकहरु समेत तोकेको छ । सम्बन्धित प्रदेशका संयोजकले अब प्रदेशस्तरको बैठक राखी अभियान सञ्चालन गर्नेछ ।

बैठकबाट विभिन्न विभागहरुका साथै उपत्यका विशेष ब्युरोको समेत गठन भएको छ ।

दुई दिनसम्म चलेको बैठकमा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, स्थायी कमिटि सदस्य ओनसरी घर्ती मगर, परशुराम तामाङ, केन्द्रीय सदस्य सुर्यमान दोङ लगायतले समसामयिक राजनीतिक विषयवस्तुबारे प्रशिक्षण दिएका थिए ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...