IME Life
NIMB

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

NIMB
Himalayan Bank

 

काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ।
ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो । नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। त्यस्तै १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

केहिबर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी आफ्ना ब्रेन क्यान्सरको सल्याक्रिया गरिसकेपछि, थप उपचारका लागि विगत ४÷५ महिनादेखि न्यूयोर्कमा रहिआएका थिए ।

उनको ब्रेन क्यान्सरको चौंथो स्टेज भएकोले बचाउन सक्दो प्रयास गर्दा पनि अन्ततः प्राण घातक रोग क्यान्सरको कारण अस्ति डिसेम्बर १७ तारिख २०२४ का दिन बिहानको ५ बजे विवेकजीको न्यूयोर्क स्थित ःझयचष्ब िक्यिबल प्भततभचष्लन ऋबलअभच ऋभलतभच मा उपचारको क्रममा दुःखद निधन भएको हो!

उनलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै प्रयास गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा पाएको थियो। श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएका सिर्जनाका प्रयासहरूले धेरैलाई प्रेरित गरेको छ।

विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। परिवारजनलाई गहिरो दुःख परेको यस घडीमा नेपाली समुदायले सहानुभूति व्यक्त गर्दै सहकार्य गरिरहेका छन्।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...