Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् :अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरुले दिने भन्दै सदनमा प्रस्ताव प्रस्तुत गर्नु निरङ्कुशता नहुने बताए ।

उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ । यो सदनले चाहाने हो भने अस्वीकार गर्न सक्छ नि त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् ।

विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ । यो कुनै स्वइच्छाचारिताको कुरा होईन, कुनै निरङ्कुशताको कुरा होईन । सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो ।

सदनमा ल्याउन पाउछ, हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरुले दिन्छ । त्यसकारण यो लोकतन्त्र हो । सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरङ्कुशता हुन्छ भने लोकतन्त्रको परिभाष खोज्न कहा जाने जंगली राज तर्फ जाने यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु ।’
यसको साथै, उनले प्रक्रियागत त्रुटिको कुरा उठेको सन्दर्भमा नियमावलीमा रहेको नियमलाई पालना गरेर तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको भन्दै प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने अभिव्यक्तिमा सच्चाई नभएको बताए ।

उनले भने, ‘प्रक्रियागत त्रुटिको कुरा उठेको छ यसको सन्दर्भमा हामी सबै प्रक्रियामा उत्तिकै सहभागि छैनौ र प्रक्रिया हामी सबैले बनाएका होइनौ र प्रक्रियागत त्रुटि भएको कुनै पनि प्रस्ताव प्रक्रिया विपरित, कानून विपरित प्रतिनिधि सभाको नियमावली विपरित भएको कुनै पनि प्रस्ताव सदनमा प्रस्तुत हुन सक्छ ? त्यती सामान्य ज्ञान हामी सबैलाई छैन् र तब पनि प्रक्रियाको कुरा किन उठिरहेको छ ? नियमावलीमा रहेको नियमलाई पालना गरेका छौ तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको छ त्यसकारण प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने यो अभिव्यक्तिमा सच्चाई छैन् ।’

उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशका सम्बन्धमा विरोधको सूचना दर्ता गर्नुहुने सबै मान्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख...

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:३४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ : गभर्नर

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ...

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:१२

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी...

ला.प.से. र मा.प.से. सेवन गरी सवारी चलाउने ९ चालक नियन्त्रणमा

ला.प.से. र मा.प.से. सेवन गरी सवारी चलाउने...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:४१

काठमाडौं, २०८२ कार्तिक १९ —काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले...

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २२:४२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा...

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०९:४३

  काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा बढ्दो इन्धन...