CG Electronics
IME Life
NIMB

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले शुक्रबार (मिति २०८२ मंसिर २० गते) आफ्नो पदभार ग्रहण गर्नुभएको छ। बैंकको सञ्चालक समितिको ७३६औं बैठकले उहाँलाई प्रमुख कार्यकारी अधिकृत (CEO)मा नियुक्त गर्ने निर्णय गरेको थियो।

झन्डै तीन दशक लामो बैंकिङ् अनुभव भएका श्री शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य स्नातक (B.Com) र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) उत्तीर्ण गर्नुभएको छ।

उहाँले सन् १९९६ बाट तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकमार्फत बैंकिङ् करियर सुरु गर्नुभएको थियो। त्यसपछि हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ् प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो।

बैंक अफ एशिया नेपाल र एनआईसी बैंक लिमिटेडबीचको मर्जर प्रक्रियामा श्री शाक्यको उल्लेखनीय योगदान रह्यो। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक (AGM)का रूपमा कर्पोरेट बैंकिङ् प्रमुखका रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

त्यसपछि उहाँले सिभिल बैंक, जनता बैंक, र ग्लोबल आइएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) का रूपमा कार्य गर्नुभयो। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुअघि उहाँ नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) का रूपमा कार्यरत हुनुहुन्थ्यो।

एनआईसी एशिया बैंकले श्री शाक्यको रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र दीर्घ बैंकिङ अनुभवले बैंकलाई थप सबल, गतिशील र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले उहाँको नेतृत्वमा आगामी दिनहरूमा अझ ठूला उपलब्धि हासिल गर्ने दृढ अपेक्षा राखेको छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...