NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै शरदचन्द्र शाह मेमोरियल फाउण्डेसन (SCSMF) ले “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न गरेको छ। काठमाडौँको कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित यस विशेष समारोहमा खेलकुद क्षेत्रमा पुरानो र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले दुई चर्चित खेल व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो। यसवर्षको प्रतिष्ठित पुरस्कार स्वरूप दुवै सम्मानित व्यक्तित्वहरूलाई जनही नगद रुपैयाँ २,५०,००० र कदरपत्रद्वारा विभूषित गरिएको हो।

यस वर्षको ‘SCSMF Sports Award 2026’ नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्केलाई प्रदान गरिएको छ। उहाँले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाउनुभएको थियो। सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवर्द्धनमा आजीवन योगदान दिनुभएका मास्केले ‘न्यू राइजिङ स्पोर्ट्स क्लब’ को स्थापना गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको म्यानेजर र संयोजकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बक्सिङ खेलको विकासमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

त्यसैगरी, अर्को “SCSMF Sports Award 2026” नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेलाई प्रदान गरिएको छ। सानै उमेरदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका उनले विश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग (IPL) खेल्ने पहिलो नेपाली खेलाडी बनेर सिंगो देशलाई गौरवान्वित बनाएका थिए। नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै विश्वसामु नेपाली क्रिकेटको उदय गराउन उल्लेखनीय भूमिका खेलेका लामिछानेले हालै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट लिने खेलाडीको विश्वकीर्तिमान कायम गरेको ऐतिहासिक सफलताको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो। हाल व्यस्त खेल तालिकाका कारण देशबाहिर रहेकाले सन्दीप उक्त समारोहमा उपस्थित हुन नसके पनि उनको प्रतिनिधित्व गर्दै काठमाडौँ जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी किरण श.ज.ब. राणाले उक्त सम्मान ग्रहण गर्नुभएको थियो। समारोहमा भिडियो सन्देशमार्फत सन्दीपले यस्तो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको व्यक्त गर्दै नेपाली खेलकुदको विकासमा स्वर्गीय शरदचन्द्र शाहले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण समेत गरेका थिए।

राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्ने यस फाउण्डेसनको मुख्य उद्देश्य रहेको छ। विगतका दिनहरूमा शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा Nepal Sports For All Commission को सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ” नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो भने २०८० असार २६ गते नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त” नामक पुस्तक पनि लोकार्पण गरिएको थियो। फाउण्डेसनले यसअघि पहिलो संस्करण ‘SCSMF Sports Award 2024’ बाट कीर्तिमान म्याराथन धावक बैकुण्ठ मानन्धर र करातेकी उदीयमान खेलाडी एशिका गुरुङ तथा दोस्रो संस्करण ‘SCSMF Sports Award 2025’ बाट पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य र भलिबल खेलाडी अरुणा शाहीलाई सम्मानित गरिसकेको छ।

नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा प्रख्यात स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा उहाँका परिवारजनहरूद्वारा सन् २०२० नोभेम्बर ३० मा यस फाउण्डेसनको स्थापना गरिएको थियो। स्व. शाह एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति हुनुहुन्थ्यो। नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउनुभएका शाहले २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्षको रूपमा नेतृत्व सम्हाल्नुभएको थियो। उहाँ नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्स (साग) को परिकल्पनाकार र प्रमुख योजनाकार समेत हुनुहुन्थ्यो।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...