Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन् । नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र : कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै अध्यक्ष ढकालले आन्दोलनको वास्तविक उद्देश्य र जनचाहनाअनुसार परिणाम नआएको टिप्पणी गरे ।

उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि पछि गलत तत्वको प्रवेशले त्यसलाई असामाजिक गतिविधितर्फ मोडिएको बताए । उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन । तोडफोड, आगजनी, लुटपाट भयो । मलाई लाग्छ त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो ।’

ढकालले तोडफोड र आगजनीका कारण उद्योग प्रतिष्ठान र नागरिकको घरसमेत असुरक्षित बनेको उल्लेख गरे । उनले भने, ‘सुरक्षित ठाउँ त घर हो, त्यो घर नै असुरक्षित भयो भने त्यो व्यक्तिको, समाजको, राज्यको र प्रणालीको के अवस्था हुन्छ ? ’उनले सुशासन र पारदर्शिताको सवाल केवल जेनजीको मात्रै नभई सबैको साझा विषय भएको पनि बताए । ढकालले निजी क्षेत्रले पनि लामो समयदेखि सुशासन र पारदर्शिताको माग उठाउँदै आएको समेत बताए ।

उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उदेश्य, जुन चाहना अनुसार अथवा जुन स्पिडमा भएको चाँही थियो त्यो आन्दोलनको उदेश्य र रियलमा जेनजीले चाहेको जस्तो रिजल्ट आएन । सुशासन र पारदर्शिताको कुराहरु जेनजीको मात्र होइन हामी सबैको हो । तर जेनजीको आन्दोलनको जुन स्पिड थियो त्यो गलत घुसपैठका कारणबाट त्यसलाई गलत मोडतिर लगेको कुरा मैले फिल गरेको छु ।’

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १...

वि.सं.२०८२ कात्तिक २० बिहीवार २१:३५

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको...

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख...

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:३४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:३५

काठमाडौं, कार्तिक २०, २०८२ – एनसेल र मेटलाइफ नेपालको साझेदारीमा...

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:४१

  काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको...

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ : गभर्नर

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ...

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:१२

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत...