थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
Thursday Nov 06, 2025
वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:४१
काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री-क्लास सुविधासहित सेवा दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७(Boeing-777) अपरेसनलाई प्रतिस्थापन गरेको छ।
नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘Smooth as Silk’ सहितको सेवा प्रदान गरिरहेको हो। कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले Airbus A330‑300 दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ। सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव
नयाँ Airbus A330-300 विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो। प्रिमियम इकनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ। प्रिमियम इकनोमी वर्ग : ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।
इकोनोमी वर्ग : कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन्।

























