Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले शुक्रबार (मिति २०८२ मंसिर २० गते) आफ्नो पदभार ग्रहण गर्नुभएको छ। बैंकको सञ्चालक समितिको ७३६औं बैठकले उहाँलाई प्रमुख कार्यकारी अधिकृत (CEO)मा नियुक्त गर्ने निर्णय गरेको थियो।

झन्डै तीन दशक लामो बैंकिङ् अनुभव भएका श्री शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य स्नातक (B.Com) र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) उत्तीर्ण गर्नुभएको छ।

उहाँले सन् १९९६ बाट तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकमार्फत बैंकिङ् करियर सुरु गर्नुभएको थियो। त्यसपछि हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ् प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो।

बैंक अफ एशिया नेपाल र एनआईसी बैंक लिमिटेडबीचको मर्जर प्रक्रियामा श्री शाक्यको उल्लेखनीय योगदान रह्यो। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक (AGM)का रूपमा कर्पोरेट बैंकिङ् प्रमुखका रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

त्यसपछि उहाँले सिभिल बैंक, जनता बैंक, र ग्लोबल आइएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) का रूपमा कार्य गर्नुभयो। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुअघि उहाँ नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) का रूपमा कार्यरत हुनुहुन्थ्यो।

एनआईसी एशिया बैंकले श्री शाक्यको रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र दीर्घ बैंकिङ अनुभवले बैंकलाई थप सबल, गतिशील र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले उहाँको नेतृत्वमा आगामी दिनहरूमा अझ ठूला उपलब्धि हासिल गर्ने दृढ अपेक्षा राखेको छ।

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १...

वि.सं.२०८२ कात्तिक २० बिहीवार २१:३५

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:३५

काठमाडौं, कार्तिक २०, २०८२ – एनसेल र मेटलाइफ नेपालको साझेदारीमा...

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:४१

  काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको...

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ : गभर्नर

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ...

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:१२

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी...