IME Life
NIMB

विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन, नवलपरासीबासीले अवसरका रूपमा उपयोग गर्नुपर्छ: देवेन्द्रराज कँडेल

NIMB
Himalayan Bank

 

नवलपरासी । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासी पश्चिम–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। आइतबार आयोजित वृहत चुनावी र्यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला संयोजक देवेन्द्रराज कँडेलले कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गरेका छन्। उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई ‘राष्ट्रिय ब्रान्ड’ को संज्ञा दिँदै क्षेत्रले त्यसलाई विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

कँडेलले नवलपरासी पश्चिम–१ कांग्रेसको गढ क्षेत्र रहेको उल्लेख गर्दै विनोद चौधरीको अनुभव, पहुँच र क्षमताले क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “विनोद चौधरी नेपालको एउटा स्थापित ब्रान्ड हुन्। यस्तो ब्रान्ड पश्चिम नवलपरासीले पाउनु गर्वको विषय हो। अब यस क्षेत्रका जनताले उहाँको अनुभव, पहुँच र क्षमतालाई विकासका अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ,” उनले भने।

यस क्षेत्रका उम्मेदवार विनोद चौधरीको नेतृत्वमा आयोजित मोटरसाइकल र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थक सहभागी भएका थिए। चौपत्ता खुला चौरबाट सुरु भएको र्याली त्रिवेणी चोक, महलवारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा र धननदवा लगायतका स्थान हुँदै सम्पन्न भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पनि कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।

विनोद चौधरीले पार्टी पङ्क्तिको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याए। उनले क्षेत्रको विकासको जग बसिसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन सबै एकजुट भएर अघि बढ्ने बताए।

निर्वाचन नजिकिँदै जाँदा नवलपरासी पश्चिम–१ मा दलहरूबीच चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...