IME Life
NIMB

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

NIMB
Himalayan Bank

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

काठमाडौं ।समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।

नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेज कुमारीपाटी ललितपुरले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन तथा प्रस्तुति दिनेछन् ।

आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरुको सहभागिता रहनेछ । मेगा कलेज कुमारीपाटीको अडिटोरियमक हलमा आयोजना हुने सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे गहिरो विमर्श हुने डा.साहले बताए।

यो अन्तर्राष्ट्रिय सम्मेलन मुख्यतः उद्योग, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा विश्वभर चलेको ट्रेन्डको अध्ययन गर्न, नेपालजस्तो देशले लिनुपर्ने नीतिको फ्रेमवर्क तयार पार्न तथा अनुसन्धानकर्ताहरुको ज्ञानका दृष्टिले निकै महत्वपूर्ण रहनेछ ।

अर्थतन्त्रका विद्यार्थीदेखि विज्ञसम्मले यसबाट प्रत्यक्ष लाभ लिन सक्नुहुनेछ’, साहले भने । यसअघि मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

यसपटक सम्मेलनअन्तर्गत रणनीतिक व्यवस्थापन र नेतृत्व, डिजिटल रूपान्तरण तथा नवप्रवर्तन, बजार व्यवस्थापन र उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, साथै कर तथा कानुनी पक्षजस्ता विविध विषयमा शोत्रपत्र र कार्यपत्रहरु प्रस्तुत एवं छलफल हुनेछ ।

सम्मेलनबाट विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा स्नातकोत्तर तहका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सहभागीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञहरूसँग अन्तरक्रिया गर्ने तथा सहकार्यका नयाँ अवसरहरू खोज्ने अवसर प्राप्त गर्ने आयोजक मेगा कलेज कुमारीपाटीले जनाएको छ ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरूले नेपालको व्यापार तथा व्यवस्थापन शिक्षालाई अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्न, नीतिगत सुधारका लागि आधार तयार गर्न तथा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...