IME Life
NIMB

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआइजीको नेतृत्वमा छानविन समिति

NIMB
Himalayan Bank

 

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ । सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे आगो लागेको थियो ।

काठमाडौं उपत्यकामा रहेका विभिन्न ९ वटा दलकलसहित खटिएका प्रहरी जवानहरूले राति अबेरमात्रै आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठूलो धनमाल नोक्सान भएको सशस्त्र प्रहरीले जनाएको छ । तर क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सशस्त्र प्रहरीले आगलागीबारे छानविन गर्न आन्तरिक छानविन समिति बनाएको छ ।

सशस्त्रका आइजी राजु अर्यालले सोमबार राति नै कार्यविभागका प्रमुख एआइजी वंशीराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका हुन् । सो समितिले आगलागीको कारण र क्षतिको विवरण यकिन गर्ने जनाइएको छ ।

गोदाममा आगलागी भएपछि सोमबार साँझ नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले घटनास्थल पुगेर जानकारी लिएका थिए ।

२०७२ को भूकम्पअघिसम्म हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालय परिसरमै केन्द्रीय गोदाम घर थियो । भूकम्पले घर भासिएपछि हातहतियार र गोलीगट्ठा भण्डारण मात्रै हलचोकमा राखेर बाँकी बलम्बुमा छुट्टै भवन बनाएर सारिएको थियो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...