CG Electronics
IME Life
NIMB

‘समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णयसहित सकियो तामाङ मुक्ति मोर्चाको बैठक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा जारी मोर्चाको ७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको पहिलो पूर्ण बैठक शनिबार सम्पन्न भएको हो ।

बैठकले आगामी मंसिर ०५ गतेसम्म देशभर ‘तामाङ समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङले जानकारी दिए ।

अभियानका क्रममा विभिन्न प्रदेशहरुको अधिवेशन सम्पन्न गर्ने उनले बताए । त्यसका साथै बाँकी जिल्ला र पालिकास्तरको भेला अधिवेशनहरु समेत यो अवधिमा हुनेछ ।

मोर्चाले अभियानका क्रममा प्रत्येक तामाङहरुको घरमा पुगेर यथेष्ट रिपोर्ट लिने लक्ष्य समेत लिएको छ । तामाङ समुदायको घरमा पुग्दा सदस्यता वितरणदेखि माओवादी केन्द्रको नीति र आवश्यकताबारे समेत प्रशिक्षित गराउने अध्यक्ष तामाङको भनाई छ ।

त्यसैगरी बैठकले सबै प्रदेशका संयोजकहरु समेत तोकेको छ । सम्बन्धित प्रदेशका संयोजकले अब प्रदेशस्तरको बैठक राखी अभियान सञ्चालन गर्नेछ ।

बैठकबाट विभिन्न विभागहरुका साथै उपत्यका विशेष ब्युरोको समेत गठन भएको छ ।

दुई दिनसम्म चलेको बैठकमा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, स्थायी कमिटि सदस्य ओनसरी घर्ती मगर, परशुराम तामाङ, केन्द्रीय सदस्य सुर्यमान दोङ लगायतले समसामयिक राजनीतिक विषयवस्तुबारे प्रशिक्षण दिएका थिए ।

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता...

वि.सं.२०८३ जेठ १३ बुधवार १०:०४

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५८

  काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन लुइटेल

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४७

  काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव नवीन लुइटेलले...

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४४

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष...

औषधिको भन्सार सिस्टममा होस् : पवन आचार्य

औषधिको भन्सार सिस्टममा होस् : पवन आचार्य

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४१

  काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष...